अपांगता भएका महिलाका लागि विशेष कार्यक्रम ल्याउँछौंः मन्त्री थापा


प्रकाशित मिति :2018-03-09 19:03:55

–महिला खबर–

काठमाडौं । श्रम, रोजगार, महिला बालबालिका तथा समाजिक सुरक्षा मन्त्री थममाया थापाले अपांगता भएका महिलालाई सम्मानित जीवन जीउने अवस्था सृजना गर्न सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउने बताएकी छिन् ।

अपांगता भएका महिलाको न्यायमा पहुँच विषयमा आज काठमाडौंमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले आम महिलाको तुलनामा अपांगता भएका महिला थप हिंसाबाट पीडित रहेको बताउँदै यस्तो बताएकी हुन् ।

अपांगता भएका महिलाहरुलाई समाजले विशेष सुरक्षा र सुविधा दिनुपर्नेमा उल्टै समाजबाटै उत्पीडित हुनुपर्ने अवस्था रहेको थापाले बताईन् । उनले अपांगता भएका महिलाका सम्मानित रुपमा जिउने अधिकार संरक्षणको लागि राज्यले जिम्मेवार भएर सोच्ने पनि प्रतिवद्धता जनाईन् ।

कार्यक्रमकी प्रमुख अतिथि मन्त्री थापाले थपिन्, ‘संविधानले महिलालाई सम्मानित रुपमा जीउने हक दिएपनि व्यवहारिक रुपमा कार्यान्वयन भएको छैन ।’ उनले अपांगता भएका महिलाले अनुभुती गर्ने गरेर उनीहरुको समस्या सम्बोधन गर्ने प्रतिवद्धता गरिन् ।

कार्यक्रममा नेपाल अपांग महिला संघकी अध्यक्ष निर्मला धितालले नेपालमा अपांगता भएका महिलाका अवस्थाबारे जानकारी गराइन् । अध्यक्ष धितालका अनुसार नेपालमा ८७ प्रतिशत अपांगता भएका महिला अझै पनि हिंसा सहेर बसेका छन् ।

नेपाल अपांग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपांगता भएका पुरुषको तुलनामा महिलाको अवस्था दयनीय रहेको बताए ।

नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बड, युएनडीपीका डेपुटी कन्ट्री डाइरेक्टर सोफी केम्खाजीले अपांगता भएका महिलाहरुको न्यायमा पहुँच बढाउनका लागि राज्य गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रम नेपाल सरकार, नेपाल अपांग महिला संघ, संचारिका समूह, अष्ट्रेलियन राजदुतावास र युएनडीपीले आयोजना गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: