‘कानून व्यवसायी महिलालाई चुनौती थपिएको छ’


प्रकाशित मिति :2018-03-10 17:48:42

-महिला खबर-

ललितपुर । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले ग्रामीण क्षेत्रका महिलाका मुद्दालाई केन्द्रीय स्तरसम्म ल्याउन महिला अधिवक्ताले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएकी छिन् ।

१०८ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा नेपाल बार एशोसिएशन केन्द्रीय महिला विभागले गरेको अन्र्तक्रियामा न्यायाधीश मल्लले संविधानमा पनि समानुपातिक सहभागिताको व्याख्या नगरिएकाले महिलालाहरु सहभागिताको अधिकारबाट बञ्चित हुनुपरेको बताइन् ।

वर्तमान समयमा कानून व्यवसायी महिला पेशामा चुनौती समेत थपिएको भन्दै न्याय क्षेत्रका महत्वपूर्ण पदमा समेत महिलाहरुलाई अवसर नदिएको बताइन् । उनले भनिन्, ‘जस्तो न्याय परिषदमा एक जना महिला पनि राखिएको छैन् ।’

उनले महिलाको शारीरिक फरकपनलाई कमजोरीको रुपमा लिइदा महिलाहरु अवसरबाट बञ्चित हुनुपरेको बताइन् । उनले सवैधानिक इजलाशमा समेत महिला वकिल नभएको भन्दै महिलालाई अवसर दिनका लागि नेपाल बार एशोसिएशनले सबै जिल्लामा महिला वैतनिक वकिल राख्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेपाल बार एशोसिएशन केन्द्रीय महिला समितिकी अध्यक्ष उषा मल्ल पाठकले नेपालको कानून परिवर्तनका लागी कानून व्यवसायी महिलाको ठूलो योगदान रहेको बताइन् ।

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले राजनीतिक दलले ३३ प्रतिशत महिलालाई प्रदेश स्तरीय मन्त्रिपरिषदमा ल्याउने भनेपनि नल्याएको बताए । कार्यक्रममा सर्वोच्च अदालत, जिल्ला र उच्च अदालतका कानून व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: