बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कारबाहीको माग


प्रकाशित मिति :2018-03-10 20:58:44

महिला खबर
काठमाडौं । प्रदेश नं ७ को प्रदेशसभाको बैठकमा कैलालीको घोडाघोडी नगरपालिकामा बिहीबार २० वर्षीया राधिका चौधरीमाथि बोक्सीको आरोपमा गरिएको दुव्र्यवहारको विरोध गरेका छन् ।

शनिबार बैठक प्रारम्भ हुनासाथ माओवादी केन्द्रकी कुन्ती जोशी, राष्ट्रिय जनता पार्टीका मालामती राना र एमालेकी पूर्णा जोशीले दोषीमाथि कारबाही र पीडित युवतीको उचित स्वास्थ्योपचारसहित क्षतिपूर्ति उपलब्ध गराउन सदनको ध्यानाकार्षण गराएकी थिइन् ।

प्रदेशसभा संसदमा विशेष समय माग गर्दै डोटीबाट प्रदेश सभा सदस्य पूर्णा जोशीले यो महिलामाथि भएको हिंसाको पराकाष्ठा भएको बताइन् राजपाको तर्फबाट प्रदेशसभा सदस्य मालामती रानाले घटना मिलाउन खोज्ने प्रहरी र जनप्रतिनिधिलाई समेत कानूनको दायरामा ल्याउनुपर्ने बताइन् ।

महिलाहरु दिवसकै दिन ठूलो जघन्य अपराध गर्नेलाई कुनै पनि हालतमा छोड्न नहुन संसदमा माग गरेको बझाङबाट प्रदेश सभा सदस्य देवकी मल्लले बताइन् ।
कैलालीको घोडाघोडीकी राधामाथि गत बिहीबार बोक्सीको आरोपमा निर्घात कुटपिट भएको थियो । चौधरीको अहिले सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: