पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीको ज्यान गयो


प्रकाशित मिति :2018-03-11 11:10:41

-महिला खबर-

ललितपुर । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सुत्केरीको ज्यान गएको छ । सामान्य रुपमा शुक्रबार छोरा जन्माएकी धनमाया पोखरेलको आइतबार ज्यान गएको हो ।

कास्कीको निर्मलपोखरीकी ३२ वर्षकी धनमायाको आइतबार बिहान ६ बजे ज्यान गएको उनका आफन्तले जानकारी दिएका छन् ।

शुक्रबार सामान्य रुपमा छोरा जन्माएकी उनको अत्याधिक रक्तस्राव भएकाले भन्दै अस्पतालले शल्यक्रिया गरेको थियो ।

पहिलो शल्यक्रिया पछि पनि रक्तस्राव नरोकिएपछि शनिबार बिहान उनको दोस्रोपटक शल्यक्रिया गरिएको धनमायाकी भाइ रमेशले जानकारी दिए ।

‘दिदीको सामान्य डेलिभरी भएको थियो । अप्रेशन पछि त दिदी र भान्जालाई घर लिएर जाउँला भनेको आज बिहान डाक्टरले दिदीको मृत्युको खबर सुनाए ’ भाइ रमेशले भने ‘यो डाक्टरको लापरबाही हो ।’

अस्पतालले भने अत्याधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गएको बताएको छ । सामान्य सुत्केरी भएपनि पाठेघर सुन्निएकाले पहिलोपटक शल्यक्रिया गर्नु परेको अस्पतालको भनाई छ ।

त्यसपछि पनि रक्तस्राव नरोकिएकाले फेरि शल्यक्रिया गरिएको तर सुत्केरीलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । धनमायाको यो पहिलो सन्तान हो । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाइएको छ ।

आफन्तजनले अस्पतालकाका डाक्टरको लापरबाहीका कारण धनुको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले शव बुझ्न मानेका छैनन् । लापरबाहीले नै धनमायाको मृत्यु भएको भन्दै त्यसको छानबिनको माग आफन्तले गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: