कैलाली बोक्सी काण्ड : उजुरी नलिने प्रहरीमाथि छानबिन हुँदै


प्रकाशित मिति :2018-03-11 12:50:25

-महिला खबर-

ललितपुर । कैलालीको घोडाघोडी नगरपालिका ५, की राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट गर्नेलाई कारबाही गर्न दिइएको उजुरी नलिने प्रहरीमाथि छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सुखड इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिनेश विष्टलाई सदरमुकाम झिकाएर छानबिन थालेको जनाएको हो । कुटपिट लगत्तै उजुरी गर्न जाँदा प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षले आरोप लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी सागर बोहराले शनिबार नै विष्टलाई जिल्ला झिकाएर आन्तरिक छानबिन थालिएको बताए । ‘हामीले सइ विष्टलाई जिल्ला झिकाएर आन्तरिक छानबिन गरिरहेका छौं ।’ डिएसपी बोहराले महिला खबरसँग भने, ‘उनले उजुरी लिन नमानेका रहेछन् भने कारबाही गर्छौं ।’

घटनामा संलग्न भनिएका भोलेबाबा भनिने रामबहादुर चौधरी र पार्वती माता भनिने महिलालाई पक्राउ गरि अनुसन्धान प्रकृया सुरु गरेको जनाएको छ ।

गत बिहीबार किसान जोखन चौधरीकी १८ वर्षीया छोरी राधा घर नजिकै गोठमा गोबर सोहोरेर घर फर्किदै गर्दा ६(७ जनाको समूहले उनलाई चर्को स्वरमा कराउँदै यही हो बोक्सी, समात्, समात् भन्दै कुटपिट गरेका थिए ।

भोलेबाबा रामबहादुर चौधरीको घरमा छरछिमेकीहरु चारैतिर घेरा बनाएर बसेका थिए । करिब २० मिनेटको पैदल दुरीमा रहेको भोलेबाबाको घरमा घिसार्दै राधालाई पुर्याइएको थियो । उनलाई गाउँलेको माझमा राखेर भोलेबाबाकी सहयोगी ‘पार्वती माता’ ले निर्घात कुटपिट गरेका थिए ।

कुटपिट गम्भीर घाइते भएकी राधाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: