–महिला खबर–
काठमाडौं । राष्ट्रपति पदमा विद्यादेवी भण्डारी पुनःनिर्वाचित भएकी छिन् । भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी छिन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मत प्राप्त प्राप्त गरेकी छिन् ।
मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म भएको निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।
संघीय संसद्का ३३१ मतदातामध्ये ३ सय २६ र प्रदेशसभाका ५सय ४९ मध्ये ५ सय ३६ जनाले मतदान गरेका थिए । निर्वाचनमा कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता उपस्थित भएनन् ।
यसैबीच नवनिर्वाचित राष्ट्रपति भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । सपथको समय बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन रहेको छ ।
Comment Here!