घरेलु हिंसाः जनजाती महिलाको उजुरी बढी


प्रकाशित मिति :2018-03-14 14:04:30

-महिला खबर-
ललितपुर । काठमाडौंमा सबैभन्दा बढी घरेलु हिंसाको उजुरी जनजाति समुदायका महिलाले गर्ने गरेका छन् ।  महिला बालबालिका सेवा केन्द्र कालिमाटीको तथ्यांक अनुसार घरेलु हिंसामा पर्ने जनजाति सामुदायमा महिला बढी रहेका हुन् ।
केन्द्रमा आर्थिक वर्ष ०७२/०७३ र ०७३/०७४ मा दर्ता भएको घरेलु हिंसाका ३ हजार २ सय उजुरी मध्ये १ हजार ४ सय ३९ जनजाति महिलाको रहेको छ ।

आर्थिक वर्ष ०७२/०७३ मा दर्ता भएको १ हजार ४ सय १९ घरेलु हिंसाको उजुरी मध्ये ६ सय २५ उजुरी जनजाती समुदायका महिलाको रहेको केन्द्रले जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष ०७३/०७४ मा दर्ता भएको घरेलु हिंसाको १ हजार ७ सय २० उजुरी मध्ये ७ सय ७८ उजुरी जनजाती समुदायका महिलाको रहेको छ ।

अधिकांश महिलाहरु आर्थिक कारणले हिंसामा पर्ने गरेको केन्द्रकी निमित्त प्रमुख निर्मला ओझाले महिला खबरलाई बताएकी छन् । जनजाती महिलाले हिंसा कम सहने कारण उजुरीमा बढी देखिएको हुन सक्ने जनाइन् ।

जनजाती महिला पछि हिंसामा पर्ने समुदायमा क्षेत्री महिलाको संख्या छ । आर्थिक वर्ष ०७२/०७३ र ०७३/०७४ मा गरि क्षेत्री समूदायका ८ सय ५० महिलाले उजुरी गरेका छन् । त्ससपछि ब्राम्हण समुदायका महिला हिंसामा पर्ने गरेका प्रहरीको तथ्याङ्क छ ।

ब्राम्हण समुदायबाट गत दुई आर्थिक वर्षमा ४ सय ३४ र दलित समुदायका ३ सय ३७ महिलाले प्रहरीमा उजुरी गरेका तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार सबै भन्दा कम मधेशी समुदायका ७८ जना महिला हिंसामा आफू हिंसामा परेको उजुरी गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: