बालिका बलात्कारको आरोपमा पक्राउ


प्रकाशित मिति :2018-03-14 16:59:54

-महिला खबर-

ललितपुर । गुल्मीको इस्मा गाउँपालिका—४ का १६ वर्षीय हिमाल दमाईलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ ।

६ वर्षीया बालिकालाई चाउचाउ र बिस्कुटको प्रलोभन देखाइ बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

परिवारको उजुरीका आधारमा दर्जीलाई इस्मा प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी सहायक निरीक्षक सत्य यादवले बताए । दमाईले बालिका बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।निरीक्षक यादवका अनुसार बालिकाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरी थप उपचारका लागि पाल्पा रिफर गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: