सकियो विशिष्ट महिलाहरुको फोटो प्रदर्शनी


प्रकाशित मिति :2018-03-14 17:20:07

-महिला खबर-

ललितपुर । काठमाडौं बबरमहलस्थित नेपाल कला परिषदमा आयोजना गरिएको ‘नेपालका विशिष्ट महिला’को फोटो प्रदर्शनी सकिएको छ ।
सांस्कृतिक संग्रहालय नेपालले आयोजना गरेको प्रदर्शनीमा बुधबार अन्तिमदिन सम्म ९ हजार दुई जना ६२ जनाले अवलोकन गरेका संस्थाका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनीमा नेपालको सामाजिक, राजनीतिक, आर्थिक रुपान्तरणमा विशेष योगदान दिने २ सय भन्दाबढी विशिष्ट, प्रथम र साहसिक महिलाहरूको फोटो राखिएको थियो ।

विशिष्ट महिलाहरूको तस्विर, दस्तावेज, र वस्तुहरूको संकलन तथा संरक्षण गर्ने, विशिष्ट महिलाहरूको प्रतिमा र विशेष दिर्घाहरू स्थापना गर्ने, संकलित फोटो तथा दस्तावेजहरूको सचित्र पुस्तक प्रकाशन गर्ने, जनमानसमा महिलाको सम्मानका लागि सचेतना जागृत गराउने लगायत उद्देश्यले फोटो प्रदर्शनी राखिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । फागुन २४ गतेबाट शुरु भएको प्रदर्शनीको मिडिया पार्टनर महिलाखबर रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: