विवाह गर्न नमानेको भन्दै युवतीको अनुहारमा तातो घ्यू


प्रकाशित मिति :2018-03-14 21:08:16

—महिला खबर—

ललितपुर । आफूसँग विवाह गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतकी युवतिमाथि निर्घात कुटपिट भएको छ । २१ वर्षीया सोनी चन्दमाथि सोही नगरपालिका १० गड्डाचौकीका ३० वर्षीय राकेश चन्दले निर्घात कुटपिट गरेको बताइएको छ ।

कुटपिटबाट सोनीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । यस्तै चन्दले युवतीको घरमै आएर औलाहरूले आँखा घोचेको र अनुहारमा उम्लिरहेको घ्यू फालिदिएको युवतीका आफन्तले बताएका छन् । युवकले सोनीलाई आफूसँग विवाह गर्न दबाब दिँदै आएको जनाइएको छ ।

युवतीको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको गेटा आँखा अस्पताल रेफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले फरार युवकको खोजी कार्य भइरहेको बताए ।

पीडित युवतीका आफन्तले युवकको विरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । युवक र युवती नजिकका आफन्त पर्दछन् भने युवक विवाहित हुन् । उनको श्रीमती र छोरा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: