१७ प्रतिशत किशोरी आमा


कुल प्रजनन् दर घट्यो

प्रकाशित मिति :2018-03-16 10:49:53

–महिला खबर–

ललितपुर । नेपालमा १५ देखि १९ वर्षका १७ प्रतिशत महिला किशोरी उमेरमै आमा हुने वा पहिलो बच्चा जन्माउन गर्भवती हुने गरेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका लागि ‘न्यू एरा’ले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका क्रममा यस्तो पाइएको हो ।

सर्वेक्षणका क्रममा किशोरी उमेरका महिलाको प्रजनन् दर शहरमा भन्दा ग्रामिण क्षेत्रमा बढी रहेको पाइएको छ । शहरी क्षेत्रमा १३ प्रतिशत महिला किशोरी उमेरमै आमा हुने गरेका छन् भने यो दर ग्रामिण क्षेत्रमा २२ प्रतिशत रहेको छ ।

प्रदेश नं २ मा बढी किशोरी आमा

यस्तै प्रदेश नं २ मा सबैभन्दा बढी किशोरी आमा हुने गरेको पाइएको छ ।

सर्वेक्षणका अनुसार प्रदेश नं २ मा २७ प्रतिशत महिला किशोरी उमेरमै आमा भएका छन् । यस्तै प्रदेश नं ३ मा १० प्रतिशत रहेको पाइएको छ । शिक्षाको स्तर बढ्दै जाँदा किशोरी उमेरमा गर्भवती हुने क्रम घट्दै गएको सर्वेक्षणले जनाएको छ ।

शिक्षा हासिल नगरेका किशोरीहरु मध्ये ३३ प्रतिशतले बच्चा जन्माउन शुरु गरेका छन् भने यो प्रतिशत एस.एल.सी. वा सो भन्दा बढी शिक्षा हासिल गरेका किशोरी महिलामा ७ प्रतिशत मात्र छ ।

सबैभन्दा गरीब, गरीब र मध्यम स्तर आर्थिक अवस्थामा समावेश भएका किशोरी महिला सम्पन्न र सबैभन्दा सम्पन्न अवस्थामा समावेश भएका किशोरी महिला भन्दा चाँडै नै बच्चा जन्माउने गरेको पाईएको छ ।

कुल प्रजनन् दर घट्यो

सर्वेक्षणका अनुसार हाल नेपालमा प्रजनन् दर घटेको अवस्था छ । एउटा विवाहित महिलाको औषत प्रजनन दर २.३ छ रहेको छ । जुन सन् १९९६ मा एउटा महिलाको औषत प्रजनन् दर ४.६ रहेको थियो । दुई दशकमा प्रजनन् दर घटेर २.३ मा झरेको छ ।

बसोबास गर्ने ठाउँ र प्रदेश अनुसार प्रजनन् दरमा फरकता छ । ग्रामिण क्षेत्रमा एउटा महिलाले औषत २.९ बच्चा जन्माउँछन् भने शहरी क्षेत्रका महिलाले २.० बच्चा जन्माउँछन् । प्रजनन् दर प्रदेश ३ मा सबैभन्दा कम (प्रति महिला १.८ बच्चा) छ भने सबैभन्दा बढी (प्रति महिला ३ बच्चा) प्रदेश २ मा छ ।

प्रजनन् दर शैक्षिक स्तर र आर्थिक स्तर अनुसार पनि फरक छ । कुनै शिक्षा हासिल नगरेका महिला (३.३ प्रतिशत) ले एस.एल.सी. वा सो भन्दा बढी शिक्षा हासिल गरेका महिला (१.८) भन्दा १.५ बच्चा बढी जन्माउँछन् ।

उत्तरदाताको घरपरिवारको आर्थिक स्तर बढ्दै जाँदा प्रजनन् दर पनि घट्दै गएका सर्वेक्षणले देखाएको छ । सबैभन्दा गरिब घरपरिवारमा बसोबास गर्ने महिलाले औषत ३.२ बच्चा जन्माउँछन् भने सबैभन्दा सम्पन्न घरपरिवारमा बसोबास गर्ने महिलाले औषतमा १.६ बच्चा जन्माउने गरेको पाईएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: