कुटपिटबाट हुने गर्भपतन : बयान फेर्छन् पीडित


प्रकाशित मिति :2018-03-16 11:29:01

-महिला खबर-

ललितपुर । कुटपिटबाट हुने गर्भपतनका धेरै मुद्दामा पीडितले बयान फेर्ने गरेका पाइएको छ । महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले गरेको अध्ययन अनुसार बयान फेर्दा पीडकले सफाइ पाउने गरेका छन् ।

पीडित महिलाहरुले सुरुमा प्रहरी कार्यालयमा मुद्दा दर्ता गराउने गरेपनि अदालतमा गएपछि बयान फेर्ने गरेका महिला कानुन तथा विकास मञ्चका अधिवक्ता नविन कुमार श्रेष्ठले बताए ।

सर्वोच्च अदालत र माहान्यायधिवक्ताको कार्यालयमा भएको वार्षिक प्रतिवेदनका आधारमा नेपालमा १६ जिल्लाका अदालतमा दर्ता भएको गर्भपतनसँग सम्बन्धित घटनाको अध्ययन गरिएको थियो ।

अदालतमा दर्ता भएका ५३ ओटा मुद्दामा कुटपिटबाट गर्भपतन गराइएका २८ मुद्दा रहेका छन् । ती मुद्दामा पीडितले अदालतमा बयान फेरेका पाइएको उनले बताए ।

नेपालको संविधान २०७२ ले प्रजनन अधिकारलाई मौलिक हकको रुपमा राखेको छ । यद्यपि महिलाहरुले स्वतन्त्र रुपमा प्रजनन् अधिकारको उपयोग गर्न पाएका छैनन् । विशेष गरी गर्भवती महिलाले परिवारको दबाब र कुटपिटका कारण गर्भपतन गर्नु परेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: