—महिला खबर—
ललितपुर । दैलेखकी पार्वती बिसंखे सबै भन्दा कान्छि सांसद बनेकी छन् । नेकपा एमालेबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित बिसंखे कान्छि सासंद बनेकी हुन् । उनको उमेर ३१ वर्ष रहेको छ ।
नागरिता अनुसार बिसंखेको जन्म मिति २०४३ असोज १८ गते रहेको छ । त्यसपछि एमालेकै सांसद विमला विक पनि ३१ वर्षकी हुन् । उनको जन्म मिति २०४२ चैत २४ भएकाले साल अनुसार उनी ३२ वर्ष हुन्छिन् ।
राज्यका तीनै तहका निर्वाचनबाट १४ हजार जनप्रतिनिधि ४० वर्षमुनिको युवा समूहबाट निर्वाचित भएको तथ्याङ्क सार्वजनिक भएको छ । संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु मध्ये २१ देखि ४० वर्ष भित्रका १४ हजार रहेका छन् ।
राष्ट्रिय युवा परिषदले विहीबार काठमाडौंमा संघीय संसदका ४० वर्षमुनिका सांसदहरुसँग गरेको अन्तरक्रियामा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवा जनप्रतिनिधिहरुको तथ्यांक सार्वजनिक गरेका थिए ।
Comment Here!