२२ सदस्यीय मन्त्रीमण्डलमा चारजना मात्रै महिला


प्रकाशित मिति :2018-03-16 21:11:34

-महिला खबर-
ललितपुर । मन्त्री परिषदमा चार जना मात्रै महिला परेका छन् । शुक्रबार दोस्रोपटक बिस्तारित मन्त्रीपरिषदमा तीन जना महिलालाई मात्रै मन्त्रीको जिम्मेवारी दिएसँगै मन्त्री परिषदमा महिलाको संख्या चार पुगेको हो । यो कुल संख्याको १८.१८ प्रतिशत मात्रै हो ।

गत फागुन ३ गते प्रधामन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद् फागुन १४ गते विस्तार हुँदा थममाया थापालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीमा नियुक्त गरिएको थियो ।

शुक्रबार बिस्तारित मन्त्री परिषदमा वीना मगर खानेपानी मन्त्री, पद्माकुमारी अर्याल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामकुमारी चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज संविधानको धारा ७६ को उपधारा (९) बमोजिम केही नयाँ मन्त्री नियुक्ति र जिम्मेवारी हेरफेर गरी २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी हुन् ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाइन् । सोही अवसरमा प्रधानमन्त्रीसमक्ष नवनियुक्त राज्यमन्त्रीले समेत आजै पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले जानकारी दिए ।

क्र.सं नामथर पद कार्यविभाजन
१.केपी शर्मा ओली प्रधानमन्त्री शहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या २. ईश्वर पोखरेल मन्त्री रक्षा ३. रामबहादुर थापा मन्त्री गृह ४.प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र ५. वर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ ६. गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि ७. मातृकाप्रसाद यादव मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति ८. रघुवीर महासेठ मन्त्री भौतिक पूर्वाधार तथा यातायात ९. गोकर्णराज विष्ट मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा १०. शक्तिबहादुर बस्नेत मन्त्री वन तथा वातावरण ११. लालबाबु पण्डित मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन १२. थममाया थापा मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक १३. डा युवराज खतिवडा मन्त्री अर्थ १४. जगतबहादुर सुनार ९विश्वकर्मा० मन्त्री युवा तथा खेलकुद १५. रवीन्द्रप्रसाद अधिकारी मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन १६. शेरबहादुर तामाङ मन्त्री कानुन,न्याय तथा संसदीय मामिला १७. चक्रपाणि खनाल मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी १८. वीना मगर मन्त्री खानेपानी राज्यमन्त्री

१. पद्माकुमारी अर्याल राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या २. गोकुलप्रसाद बाँस्कोटा राज्यमन्त्री सञ्चार तथा सूचना प्रविधि ३. धनबहादुर बुढा राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ४. रामकुमारी चौधरी राज्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: