राष्ट्रियसभा उपाध्यक्षमा शशिकला र वृन्दादेवीको उम्मेदवारी


प्रकाशित मिति :2018-03-17 19:46:34

-महिला खबर-
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट शशिकला दाहाल र कांग्रेसबाट वृन्दादेवी आलेको उम्मेदवारी परेको हो । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आइतबार हुँदैछ ।

प्रदेश नम्बर २ बाट दाहाल राष्ट्रियसभाकी सांसद भएकी थिइन् । सोही अनुसार दाहाललाई उपाध्यक्षमा माओवादी केन्द्रले सिफारिस गरेको हो ।

वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभा उपाध्यक्ष पद माओवादी केन्द्रको भागमा परेको थियो । राष्ट्रियसभाको अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्वाचित भइसकेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: