राष्ट्रियसभा उपाध्यक्षका लागि आज निर्वाचन


दाहाल र आलबीच प्रतिस्पर्धा

प्रकाशित मिति :2018-03-18 11:21:47

–महिला खबर–
ललितपुर । राष्ट्रियसभा उपाध्यक्ष चयनका लागि आज निर्वाचन हुँदैछ । उपाध्यक्ष पदका लागि वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल र कांग्रेसकी बृन्दादेवी आले रानाले उम्मेदवार दिएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ ।

बैठकमा उम्मेवादरको नाम निर्णयार्थ पेश गरिनेछ । दुई मनोनयन परेकाले मत विभाजनद्वारा उपाध्यक्ष चयन हुनेछ । राष्ट्रिय सभामा ५९ सदस्य छन् । उपाध्यक्षमा निर्वाचित हुन ३० सदस्य आवश्यक पर्छ । चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् । मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षले मतदान गर्ने व्यवस्था छैन् ।

राष्ट्रियसभामा एमालेका २७, कांग्रेस १३, माओवादी १२ तथा राजपा र संघीय समाजवादी फोरमका दुई दुई सांसद् छन् । मनोनीत तीन मध्ये एमाले समर्थक दुई र माओवादी समर्थक एक सांसद् छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: