छात्रामाथि यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दर्ता


प्रकाशित मिति :2018-03-18 13:27:33

—महिला खबर—

ललितपुर । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एन प्याव्सन ललितपुरका अध्यक्ष शिव कार्की विरुद्ध आज मुद्दा दर्ता भएकोे छ ।

पीडित किशोरीका आफन्तले कार्की विरुद्ध महानगरीय प्रहरी वृत्त सातदोबाटोमा जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएका हुन् ।

महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरीका अनुसार आरोपी कार्कीमाथि अनुसन्धान सुरु गरिएको छ । उनको अभियोग प्रमाणित भए ऐन अनुसार कारवाही हुनेछ ।

कार्की ललितपुरको ताल्छीखेलमा रहेको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक हुन् । सोही स्कुलको छात्रा होस्टेलमा बस्ने १७ वर्षकी एक किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा उनी शुक्रबार मध्यराती पक्राउ परेका थिए ।

कार्की माओवादी निटक हुन् । उनलाई छुटाउनका लागि माओवादी नेताहरुले गृहमन्त्रीलाई समेत आग्रह गरेको बुझिएको छ ।

तर कार्की शुक्रबार राती नै पक्राउ परेको र शनिबार उनी पक्राउ परेको कुरा सञ्चार माध्यममा बाहिर आएपछि प्रहरी मुद्दा दर्ता गर्न बाध्य भएको बताइएको छ ।

यो पनि हेर्नुहोस्

दुर्व्यवहार गरेको आरोपमा प्याव्सनका अध्यक्ष कार्की पक्राउ

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: