स्वयम्सेविकालाई प्रोत्साहन भत्ता


प्रकाशित मिति :2018-03-18 13:54:08

–महिला खबर–

नेपालगंज । स्वास्थ्यको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण भूमिका निभाउने महिला स्वास्थ्य स्वयम्सेविकालाई विभिन्न स्थानीय तहले प्रोत्साहन भत्ता वितरण गर्न थालेका छन् ।

यसैक्रममा बाँकेको खजुरा गाउँपालिका वडानम्वर २ ले वडाभित्र रहेका महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । महिला स्वास्थ्य स्वय्सेविकालाई वर्षेनी पुरस्कार स्वरुप प्रोत्साहन भत्ता प्रदान गर्ने गाउँपालिकाको कार्यक्रम अन्तर्गत स्वास्थ्य स्वयम्सेविकालाई जनही ५–५ हजार रुपैंया प्रदान गरिएको हो ।

वडानम्बर २ को कार्यालयमा एक कार्यक्रमकाबीच वडाअध्यक्ष देविलाल शर्मा, वडा सदस्य गौमाया सुनार, झुमा गिरी, नन्दलाल गुरताल लगायतले वडाका १४ जना स्वय्सेविकाहरूलाई रकम प्रदान गरेका हुन ।

प्रोत्साहन रकम प्रदान कार्यक्रममा बोल्दै स्वयम्सेविकाहरूले आफूहरूको कामको मुल्याङ्कन गरेर यसरी वडा तहमा नै प्रोत्साहन भत्ता प्रदान गरिनु अत्यन्तै राम्रो प्रयास भए पनि समयानुसार रकम बढाउनु आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष देविलाल शर्माले स्वयम्सेविकाको योगदान अतुलनिय रहेको भन्दै आगामी दिनमा उनीहरूलाई थप हौसला प्रदान गर्न प्रोत्साहन कार्यक्रममा बजेट थप गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: