दुई पत्रकार महिला सम्मानित


प्रकाशित मिति :2018-03-18 14:08:01

–महिला खबर–

दोलखा । दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण भइरहेको हाम्रो रेडियो सामुदायीक एफएमले आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा दुई जना पत्रकार महिलालाई पुरस्कृत गरेको छ ।

रेडियोले हरेक वर्ष प्रदान गर्दै आएको हाम्रो रेडियो ललितादेवी स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट रेडियोकर्मी सृजना गोले र दुर्गा वस्नेतलाई संयुक्त रुपमा पुरस्कृत गरेको हो ।

वार्षिकोत्सवकै अवसरमा भेषकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट कान्तिपुरका दोलखा प्रतिनिधि राजेन्द्र मानन्धर र सहिद धर्म वस्नेत स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष खिलबहादुर भण्डारीलाई पनि पुरस्कृत गरेको छ ।

पुरस्कृत पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले नगद सहित सम्मानपत्र प्रदान गरे ।

त्यसैगरी रेडियोले किविका व्यवसायीक किसान श्याम खड्कालाई पनि सम्मान गरिएको रेडियोका सञ्चालक समिति सचिव एवम् सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्काले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: