बन्द हुने अवस्थामा सेवा केन्द्रहरू


प्रकाशित मिति :2018-03-19 12:02:23

—महिला खबर—

ललितपुर । हिंसा प्रभावित महिलाका लागि संचालन गरिएका महिला सेवा केन्द्रहरु बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् ।

महिला तथा बालबालिका विभाग मार्फत सञ्चालनमा आएका नेपालका १७ जिल्लाका महिला सेवा केन्द्र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेका हुन् ।

अर्थ मन्त्रालयले महिला तथा बालबालिका विभागले संचालन गर्ने सबै कार्यक्रमको बजेट एकमुष्ठ स्थानीय तहमा पठाइदिएपछि यी सेवा केन्द्रहरू बन्द हुने अवस्थामा पुगेको विभागकी योजना तथा कार्यक्रम शाखा निर्देशक विजया कुमारी प्रसाइले महिला खबरलाई बताइन् । विभागको सो बजेट अर्थ मन्त्रालयले स्थानीय निकायलाई निशर्त अनुदानमा पठाएको थियो ।

उनका अनुसार अर्थ मन्त्रालयले विभागको सबै बजेट शीर्षक अनुसार नपठाइ एक मुष्ठ पठाउदा अन्य कार्यक्रम समेत प्रभावित भएका छन् । त्यसमा पनि हिंसा प्रभावित महिलालाई अत्यावश्यक सेवा दिने महिला सेवा केन्द्र नै बजेटको अभावमा बन्द हुने अवस्थामा पुगेपछि त्यहाँ आश्रय लिइरहेका महिला र आश्रयका लागि आउने महिलाहरूले कहाँ जाने भन्ने प्रश्न उब्जिएको छ ।

विभागकी योजना तथा कार्यक्रम शाखा निर्देशक प्रसाइले महिला सेवा केन्द्रको सेवा तत्काल प्रभावित भएकाले अर्थ मन्त्रालयलाई स्थानीय निकायमा गएको बजेटमा अनुदान थप गर्नका लागि धेरै पटक पत्र लेख्दा पनि चासो नदिएको बताइन् ।

१७ सेवा केन्द्रको वार्षिक बजेट २ करोड ८० लाख रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: