विवाहको दोस्रो दिन भाग्ने बेहुलालाई सार्वजनिक अपराध मुद्दा


प्रकाशित मिति :2018-03-20 17:43:08

–महिला खबर–

ललितपुर । विवाह गरेको भोली पल्टै बेहुला बेपत्ता भएपछि बेहुलीले सिन्दुर पोते फिर्ता गरेर सम्बन्ध तोड्दैछिन् ।

फागुन २० गते विवाहको लगनगाँठो कसेकी बुद्धशान्ति गाउँपालिका–१ की १९ बर्षिय एक बेहुलीले सिन्दुर पोते फिर्ता गरेर बेहुलासँगको सम्बन्ध तोड्न लागेकी छन् ।

गाउँकै २९ वर्षीय राकेश रेग्मीसँग उनको विवाह भएको थियो । विवाहको भोलिपल्टै राकेश फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बुहारी फिर्ता गरेका हुन् । बेहुलीसँगै रु ३५ लाख जरिवाना पनि तिरेका छन् । दुई दिनसम्म राकेश घर नफर्किएपछि ती युवतीले माइतमा जानकारी गराएकी थिइन् ।

बेपत्ता भएका राकेश भारत गएर बसेका थिए । बेपत्ता भएको तीन दिनपछि आफन्तको सहयोगमा उनलाई झापा ल्याइएको थियो । बेहुला फर्किएपछि बेहुलीका परिवारले बेहुला र बेहुलाका परिवार बिरुद्ध बुद्धशान्ति गाउँपालिकाको न्यायिक समितिमा उजुरी गरेका थिए ।
फागुन २४ गते देखि उनी धुलाबारी इलाका प्रहरी कार्यालयको हिरासतमा छन् । उनलाई सार्वजनीक अपराध ऐन अन्र्तगत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरिक्षक खगेन्द्र रिजालले महिला खबरलाई बताए ।

हिरासतमा रहेका राकेशमा शारीरिक समस्या रहेकाले बेहुली छाडेर भागेको प्रहरी सक्षम बयान दिएका छन् । राकेशको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए ।

उनका राकेशका बुवाले बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा बेहुलीको पढाई खर्च र भरणपोषणका लागि ३५ लाख रुपैया दिने सहमती भएपछि छलफल टुङ्गिएको गाउँपालिकाकी उपाध्यक्ष मीरा भुर्तेलले बताइन् ।

विवाहमा लागेको खर्च बेहुला र बेहुली दुवै पक्षले आफै व्यहोर्ने, बेहुली पक्षले बेहुला पक्षलाई दिएको सबै उपहार फिर्ता गर्ने र बेहुलाले बेहुलीलाई दिएको उपहार पनि फिर्ता गर्ने सहमती भएको गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: