घरमै सुत्केरी हुन्छन् ५७ प्रतिशत महिला


प्रकाशित मिति :2018-03-22 15:34:02

–गोमा खत्री–

सिन्धुपाल्चोक । यहाँका ५७ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्क अनुसार ४३ प्रतिशत महिला मात्रै स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने गरेका हुन् ।

आर्थिक वर्ष ०७३\०७४ को तथ्यांक अनुसार जिल्लाकै स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या जम्मा २१ दशमलब ७ प्रतिशत रहेको छ । बाँकी महिला जिल्ला बाहिरका स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने गरेका छन् ।

चौतारा अस्पताल लगायत अन्य बर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्या १ हजार १ सय ४४ र निजी क्षेत्रको सिन्धु सदाबहार अस्पतालमा २ सय ८९ गरी अघिल्लो वर्ष १४ सय ३३ जनाले स्वास्थ्य संस्थामा लगेर सुरक्षित रुपमा सुत्केरी गराएका थिए ।

राजधानीसँग नजिकै रहेको जिल्ला भएकाले केहीले अन्यत्रका स्वास्थ्य संस्थामा लगेर सुत्केरी गराएको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख डाक्टर पुमावती थापाले बताइन् ।

उनका अनुसार धुलिखेल ५ सय २३, काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ३८, पाटन अस्पतालमा ७२ र बनेपाको शिर मेमोरीयलमा ४४ महिलाले सुरक्षित रुपमा सुत्केरी गराएका थिए ।

जिल्लामा ३४ वटा बर्थिङ सेन्टर रहेका छन् । ३४ बर्थिङ सेन्टरमा २ सय ९१ ले सुरक्षीत सुत्केरी गराएका थिए । त्यस्तै प्राथामिक स्वास्थ्य केन्द्र जलविरे १८, बाह्रविसे ४६ र प्राथामिक स्वास्थ्य केन्द्र मेलम्चीमा १ सय ४८ जनाले सुरक्षीत सुत्केरी गराएको थापाले जानकारी दिइन् ।

चौतारा अस्पतालमा भने जम्मा ६१ जनाले मात्रै सुरक्षित रुपमा सुत्केरी गराएका थिए । ति मध्ये नियमित स्वास्थ्य जाँच गर्ने जम्मा १ जना मात्रै महिला रहेको अस्पतालले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकमा ९७ प्राथामिक स्वास्थय केन्द्र भए पनि जम्मा ३० वटामा मात्रै बर्थिङ सेन्टर रहेको छ । ति मध्ये शल्यक्रिया सुविधा भने जिल्ला अस्पताल चौतारामा मात्रै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयकी सीता कुँवरले जानकारी दिइन् ।

जनस्वाथ्य कार्यालयका प्रमुख डा. थापाका अनुसार भौगोलिक विकटताका कारण चाहेर पनि धेरै गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा नै गएर सुत्केरी गराउन समस्या भएको छ ।

घरमै सुत्केरी हुँदा सिन्धुपाल्चोकमा वर्षेनी मृत्यु हुनेहरुको संख्या बढ्दो छ । शल्यक्रिया गर्नुपर्ने सुत्केरीहरुका लागि जिल्ला अस्पतालमा सबै सुविधा भएपनि ब्लड बैंक नहुँदा समस्या झनै थपिएको छ ।

कोही बिरामीको शल्यक्रिया गर्नु प¥यो भने केही मान्छेहरुलाई स्वास्थ्य परीक्षण गराएर ब्लडको लागि तयारी अवस्थामा राख्ने गरेको डाक्टर थापाले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: