‘लालटिनको उज्यालोमा’ सार्वजनिक


प्रकाशित मिति :2018-03-24 17:21:13

–महिला खबर–

काठमाडौं । सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’ आज सार्वजनिक गरिएको छ । काठमाडौंमा एक समारोहबीच पुस्तक सार्वजनिक गरिएको हो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, सांसद वृन्दा पाण्डे, प्रधानमन्त्री पत्नी राधिका शाक्य तथा लेखक सरस्वती ज्ञवालीले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।

कार्यक्रममा लेखक ज्ञवालीले भनिन्, ‘यो पुस्तक कलमको मसीले होइन,  आत्माको आँसुले लेखिएको हो ।’ उनले यसो भनिरहँदा दर्शक दिर्घा भावुक भएका थिए ।

ज्ञवालीले सन्तानमा अपांगता हुनुको पीडा तिनका आमाबुबालाई मात्रै थाहा हुने बताइन् । आफ्नो पहिलो सन्तान छोरी मस्तिष्क पक्षघातजस्तो निको नहुने रोगबाट ग्रसित भएका कारण २८ वर्ष पुगिसक्दा समेत उनको मुखबाट ‘आमा’ शब्द सुन्न नसकेको भन्दै लेखक ज्ञवालीले अपांगता भएका व्यक्ति र तीनका परिवारका लागि सरकारले केही व्यवस्था बताइन् ।

‘लालटिनको उज्यालोमा’ लेखकले आफ्नो राजनीतिक यात्रा, जागिरे जीवन, पारिवारिक जिम्मेवारी, संगठनको इमान्दार कार्यकर्ताको भूमिका एकसाथ निभाउने क्रममा भोगेका अनुभव, असल श्रीमती, कुशल गृहणी अनि जिम्मेवार र कर्तव्यनिष्ठ आमाको कथालाई समावेश गरेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: