अमेरिकामा बालबालिकाको चित्रमा महिला वैज्ञानिकको संख्या बल्ल बढ्दै


प्रकाशित मिति :2018-03-25 12:28:33

एउटा नयाँ अध्ययन अनुसार दश वर्ष अगाडिको तुलनामा अमेरिकाका बच्चाहरूले अहिले बढी महिला वैज्ञानिकहरूको चित्र गर्न थालेका छन् ।

सन् १९६० देखि समाजशास्त्रीहरूले वैज्ञानिकको चित्र कोर्न लगाएर त्यसलाई सोधपत्रको रुपमा आफ्ना विभिन्न अध्ययनहरूमा प्रयोग गर्दै आएका छन् ।

अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पाँच दशकहरूमा प्रयोग गरिएका उक्त सोधपत्रहरूको विश्लेषण गरे ।

जब सन् १९६० र १९७० को दशकहरूमा जन्मेका बच्चाहरूलाई एक वैज्ञानिकको चित्र बनाउन लगाइएको थियो जम्मा एक प्रतिशत भन्दा कम बच्चाहरूले महिला वैज्ञानिकको चित्र बनाएका थिए । योसन् १९८० को दशक र आजको समयको आउँदा २८ प्रतिशतले बढ्यो ।

यद्यपि बच्चाहरूलाई एउटा वैज्ञानिकको चित्र बनाउन लगाउँदा उसले एक पुरुषको नै चित्र बनाउने संभावनाहरू अझै पनि धेरे छन् ।

यसको कारण बच्चाहरू वैज्ञानिकहरूको संसारमा बढी नजिक हुने मौका पाए र विज्ञानमा पुरुष प्रभुत्वको बारेमा उनीहरूलाई धेरै जानकारी प्राप्त भयो, अध्ययनका सह–लेखक प्रोफेसर एलिस ईगलीले बीबीसी समाचारलाई बताए ।

“बच्चाहरूले अझै महिला वैज्ञानिकहरू भन्दा बढी पुरुष वैज्ञानिकहरू बनाउनमा आफ्नो वातावरणले प्रतिविम्बित गरेको तथ्य छ,” अध्ययनका प्रमुख लेखक डेविड मिलरले बताए, “विज्ञानको क्षेत्रमा महिलाको प्रतिनिधित्व कम रहेको हामीले देख्न सक्छौँ । त्यसैले (चित्रमा) महिला समान संख्यामा देखिने आशा गर्न सक्दैनौ । तैपनि उत्साहजनक रुपमा हामी बालबालिकाको स्टेरियोटाइपहरू समयसँगै परिवर्तन भएको देख्न सक्छौं ।”

सन् १९६० पछि विज्ञानको क्षेत्रमा महिलाको प्रतिनिधित्वमा सुधार आएपनि केटीहरूले वैज्ञानिकहरूको तस्विर बनाउँदा ५८ प्रतिशत पुरुषको चित्र कोर्छन् भने केटाहरूले ९६ प्रतिशत पुरुष वैज्ञानिकहरूको चित्र बनाउने गरेको पाइन्छ ।

उक्त अध्ययन अनुसार सन् २०१३ सम्ममा संयुक्त राज्य अमेरिकामा महिला वैज्ञानिकको संख्या बढ्दै थियो– ४९ प्रतिशत महिलाजैविक वैज्ञानिकहरू, ३५ प्रतिशत रसायनशास्त्री र ११ प्रतिशत फिजिसिट र खगोलशास्त्रीहरू थिए ।

साभारः–बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: