प्रदर्शनीमा महिलाका उत्पादन (फोटोसहित)


प्रकाशित मिति :2018-03-26 10:36:58

–महिला खबर–

ललितपुर । काठमाडौंको भृकुटीमण्डमा जारी २९ औ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीमा महिलाले उत्पादन गरेका वस्तुसँग सम्बन्धित स्टलहरु बढी छन् ।

घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वर काठमाडौंद्वारा प्रवर्दित लघु साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनीमा ७३ जिल्लाका २ सय ५० स्टलहरु राखिएका छन् ।

चैत्र ९ गते देखी सुरु भएको प्रदर्शनीमा प्रविधी, औधोगीक, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु र हस्तकलाबाट उत्पादित सामाग्रीहरु प्रदर्शनीका लागि राखिएको समितिकी उपनिर्देशक विमला धितालले महिला खबरलाई बताइन् ।

उपत्यका बाहिरबाट सहभागी भएका उद्यमीलाई निशुक्क स्टल राख्ने व्यवस्था गरिएको धितालले बताइन् । उपत्यकाबाट सहभागी हुने उद्यमीलाई भने ५ देखि ७ हजारसम्म शुल्क लिएको उनले बताइन् ।

स्वदेशी उत्पादनको प्रवर्धन र बजारीकरण गर्नका लागि आयोजना गरिएको प्रर्दशनीमा उत्कृष्ट एक उद्यमीलाई पुरस्कृत गरिने उपनिर्देशक धितालले बताइन् ।

मेलामा शनिबारसम्म २ करोड ४० लाख आर्थिक कारोबार भएको छ । १३ गतेसम्म सञ्चालन हुने मेलाबाट ५ करोड आर्थिक कारोवार गर्ने लक्ष्य आयोजकको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: