जिल्ला अस्पतालमा डाक्टर नहुँदा सुनिताले सन्तान गुमाइन्


प्रकाशित मिति :2018-03-26 12:32:53

–महिला खबर–

बझाङ । जिल्ला अस्पतालमा डाक्टर नहुँदा एक महिलाले सन्तान गुमाउनु परेको छ । खप्तड छान्ना गाउँपालिका वडा नम्बर ३ की १९ वर्षीया सुनिता जोशीले डाक्टरको अभावमा अस्पतालमै सन्तान गुमाउनु परेको पीडा पोखिन् ।

छान्ना स्वास्थ्य चौकीमा गर्भवती हुन नसकेपछि छान्ना स्वास्थ्य चौकीले जिल्ला अस्पताल रिफर गरेकी सुनिताले गह भरी आँसु पार्दै भनिन्, ‘अस्पतालमा यस्तो लापरवाही हुन्छ भन्ने थाहा थिएन । मैले सन्तान गुमाउनुपर्यो ।’

शुक्रबार जिल्ला अस्पतालमा पुगेकी सुनिताले अस्पतालका कर्मचारीहरुले डाक्टर नभएको भन्दै डडेल्धुरा अस्पताल जान सुझाएको बताइन् । उनले डडेल्धुरा जान एम्बुलेन्स पनि मगाइन् । तर अस्पतालको एम्बुलेन्स समेत बिग्रिएको रहेछ । डडेल्धुरा जाने कुनै विकल्प नभएपछि अस्पतालको गेटबाट फर्किएर भगवान भरोसामा अस्पतालमै बसेको सुनिताले गुनासो गरिन् ।

घरबाट अस्पताल आउँदा आफन्तसँग दुई हजार ऋण निकालेर आएकी सुनिताले घरबाट तमैल बजारसम्म गाडी रिजर्व गुर्नपर्दा पैसा सकिएको बताइन् । फेरि तमैलमा गाउँकै एक जना व्यापारीसँग तीन हजार सापटी मागेर जिल्ला अस्पताल पुगेकी उनी अस्पतालमै सन्तान गुमाउनु पर्दा निकै दुःखी भएको बताइन् ।

घरबाट जिल्ला अस्पताल पुग्दा पाँच हजार रुपैयाँ सापटी लिएकी सुनिताले डडेल्धुरासम्म जानका लागि गाडी रिजव गर्नुपर्दा ३० हजार रुपैयाँ मागेको र आफूसँग १५ सय रुपैयाँमात्रै भएका कारण सन्तान गुमाउनु परेको बताइन् ।

गर्भावस्थामा नियमित चेकजाँचका लागि तीन पटक जिल्ला अस्पताल पुगेको र अस्पतालले शिशुको अवस्था ठीक छ भनेको पनि सुनिताले बताइन् । तर अन्तिममा अस्पतालले गर्भको शिशु उल्टो रहेका कारण जन्माउन नसकेर शिशुको गर्भमै मृत्यु भएको कुरा बताएपछि उनी निकै तनावमा छिन् ।

उनले भनिन्, ‘तीन पटक अस्पतालमै चेकजाँच गराएँ । ठीक छ भनियो । पहिले किन जानकारी दिइएन की शिशु उल्टो अवस्थामा छ भनेर ?’ उनले आफूमाथि अस्पतालले अन्याय गरेको बताइन् । सुनिताका श्रीमान प्रेम जोशी रोजगारीको सिलसिलामा भारतमा छन् ।

यता जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर अनुप रेग्मीले भने एउटा डाक्टर घर बिदामा र अर्का डाक्टर लोकसेवाको तयारीका लागी बिदामा रहेको बताए ।

उनले सुनिताले सन्तान गुमाउनुको कारण डाक्टरको लापरवाही नभई कलिलै उमेरमा विवाह गरेकी सुनीताको पाठेघरको मुख खुल्न नसक्नु र शिशु उल्टो अवस्थामा हुनु भएको बताए ।

जिल्ला अस्पताल बझाङमा ४ जना डाक्टरको दरबन्दी छ । तीन जना डाक्टर छुट्टीमा गएका र जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर अनुप रेग्मी अस्पतालकै प्रशासनिक काममा व्यस्त हुने भएपछि विरामीलाई समस्या भएको छ ।

अस्पतालमा कार्यरत एमडीजीपी डाक्टर अर्बेन्द जोशी १५ दिनदेखि र डाक्टर सुस्मीत सर्मा एक हप्तादेखि छुट्टीमा बसेको जिल्ला अस्पतालले जनाएको छ । यस्तै डाक्टर शेर बहादुर साउद शुक्रबारदेखि छुट्टीमा गएको कार्यालय प्रमुख डाक्टर अनुप रेग्मीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: