कोइरेली गाउँ महिला हिंसा तथा छाउपडी मुक्त गाउँ


प्रकाशित मिति :2018-03-26 14:31:55

–महिला खबर–

ललितपुर । जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसा तथा छाउपडी मुक्त नमूना गाउँ घोषणा गरिएको छ ।

गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहकार्यमा शनिबार एक समारोहकाबीच गाउँलाई महिला हिंसा तथा छाउपडी मुक्त नमूना गाउँ घोषणा गरिएको हो ।

कार्यक्रममा हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले महिलाको पहलमा कोइरेली गाउँ हिंसामुक्त नमूना गाउँ बन्नु उदाहरणीय भएको बताइन् ।

अधिकारकर्मी लक्ष्मीकन्या बुढाले कोइरेली नेपालकै पहिलो महिला हिंसामुक्त नमूना गाउँ बनेको बताइन् । मनोविमर्शकर्ता नन्दराज आचार्यले महिला शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ्य हुन सके कार्यक्रमले औचित्य पाउने बताइन् ।

कार्यक्रमका अध्यक्ष बास्मती रोकायाले पुरुषको सहयोगबाट नै गाउँलाई हिंसामुक्त गाउँ बनाउन सफल भएको बताइन् । उक्त गाउँमा १ सय ३० महिला र १ सय ४४ पुरुष गरी २ सय ७४ जनसंख्या रहेको छ ।

नमूना बस्तीका महिलाका लागि गाउँपालिकाले शौचालय राख्ने बाल्टी, नङ्कट, रुमाल, दाँत माझ्ने ब्रस लगायतका आवश्यक सामग्री उपलब्ध गराएको थियो ।

महिलाको कार्यबोझ घटाउन विशेष कार्यक्रम
गाउँमा महिलाको कार्यबोझलाई घटाउन भन्दै हिमा गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँ सभाबाट यहाँका महिलाको कार्यबोझ घटाउन कुटानी पिसानी मिल, सिलाइकटाई, हाते होजियारी तालीम र अन्य व्यावसायिक आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रम सञ्चालन भएसगैँ सो स्थानका महिलाहरुलाई सहज भएको महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले महिला खबरलाई जानकारी दिइन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: