सहभागिता र सशक्तिकरणका लागि ज्ञापन पत्र


प्रकाशित मिति :2018-03-26 17:42:01

–रुजु खतिवडा–

पाँचथर । महिला सशक्तिकरण समूहले जिल्लास्थित राजनीतिक दल तथा सरकारी निकायलाई महिला सहभागिता र महिला सशक्तिकरण गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

स्मार्को कार्यक्रमअन्तर्गत पाँचथरका साविकका मेमेङ, प्राङबुङ, लुङरुपा, हाङगुम र ओलने गाविसमा गठित महिला सशक्तिकरण समूहले दलहरु तथा सरकारी निकायलाई एकै कार्यक्रममा भेला गरेर आफ्ना माग पेश गरेका हुन् । जागरण नेपालको सहयोगमा हुकोडेक नेपालले सञ्चालन गर्दै आएको कार्यक्रम अन्तर्गत आयोजित जिल्ला स्तरीय सार्वजनिक सुनुवाईमा यस्तो ज्ञापनपत्र पेश गरिएको हो ।

ज्ञापनपत्रमा दलहरु स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रदेश तथा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार छनौटमा उदासिन भएको पाइएको भन्दै महिलाहरु उम्मेद्वार बन्न उत्प्रेरित गर्नुपर्ने तथा अनुकुल वातावरण निर्माण गरिनुपर्ने माग गरिएको छ । यस्तै महिला सहभागिता अभिवृद्धिका लागि नीतिगत तहबाट समस्या सम्बोधन गर्न पहल गर्न पनि दलहरु र सरकारी निकायलाई माग गरिएको छ । महिलाको उपस्थिति नीति निर्माण तहमै सबल हुनुपर्नेमा उनीहरुको जोड छ । निर्णायक तहमा महिला सहभागिता सवलिकरणका लागि दलहरु प्रतिवद्ध र जिम्मेवार हुनुपर्ने तथा सरकारी निकायहरुले सहयोग गर्नुपर्ने माग गरिएको छ ।

यस्तै महिला सशक्तिकरण समूहहरुलाई स्थानीय तहमा दर्ता गरि महिला सहभागिता र सशक्तिकरणमा सहयोग गर्नुपर्ने माग पनि उनीहरुले गरेका छन् । स्थानीय तहका सेवा गुणस्तरीय, पारदर्शी र प्रभावकारी हुन नसक्दा महिलाको आय स्तर उकास्ने तथा राजनीति, सुशासन, निर्वाचन, निर्णायक तहमा पुग्ने आधारको रुपमा रहेको आर्थिक उपार्जनको माध्यम कमजोर भएको उनीहरुको निश्कर्ष छ । उनीहरुले अविलम्ब सरकारी सेवा गुणस्तरीय बनाइनुपर्नेमा जोड दिएका छन् ।

सीमान्तकृत समुदायका महिलाहरु कमजोर आर्थिक अवस्थाकै कारण घरेलु हिंसा लगायत समस्यामा झेलिएर बस्न बाध्य रहेको भन्दै उनीहरुले उनीहरुको अवस्था सुधारका लागि प्रयाप्त बजेट छुट्टयाउन माग गरेका छन् । यस्तै महिला जनप्रतिनिधिहरुमा आफ्नो काम, कर्तव्य, अधिकार र दायित्वको पूर्ण ज्ञान नभएको भन्दै उनीहरुले महिला जनप्रतिनिधिहरुलाई सक्षम बनाइनुपर्नेमा समेत जोड दिएका छन् ।

सशक्तिकरण समूहहरुले घरेलु हिंसा न्यूनिकरणको कार्ययोजना बनाई लागू गर्न माग गरेका छन् । उनीहरुले लघु वित्त र बढी नाफा कमाउन उद्धत केही सहकारीका कारण महिलाहरु ठगिएको र समाजमा समस्या उत्पन्न हुन लागेको भन्दै नियमनका लागि सरकारी निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: