बलात्कार विरुद्ध महिला खबरदारी


प्रकाशित मिति :2018-03-27 11:00:22

–महिला खबर–

सप्तरी । सप्तरीका महिलाहरुले पैसा र राजीतिक पहुँचको आडमा बलात्कारीले उन्मुक्ति पाए महिलाहरुले कार्वाही गर्नुपर्ने अवस्था सृजना नहोस् भन्दै खबरदारी गरेका छन् ।

सोमबार नारा जुलुससहित सडकमा आएका महिलाहरुले आर्थिक चलखेल र राजनीतिक आडमा बलात्कारीले उन्मुक्ति पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

एक महिनाको अवधिमा सप्तरीमा ८ बलात्कारका घटना भएको र आर्थिक र राजनीतिक रुपमा सम्पन्न बलात्कारी भने कार्वाहीको दायरामा आउन नसकेको महिला मानव अधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष अनिता देवकोटाले बताइन् ।

बलात्कार जस्तो जघन्य अपराध गर्ने व्यक्तिले पनि पैसा र राजनीतिक आडमा छुट पाउदै जाने हो भने महिलाहरु अब चुप लागेर बस्न नहुने पनि उनीहरुको आक्रोस थियो ।

यदी कुनै प्रलोभनका कारण बलात्कारीले अदालतबाट सफाइ पाए महिलाहरुले सामाजिक बहिस्कार गर्ने चेतावनी पनि महिलाहरुको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: