नगरपालिकाभित्रै गोठमा जन्मिन्छन् शिशु


प्रकाशित मिति :2018-03-27 13:03:20

–प्रकाश सिंह–

बाजुरा । नगरपालिका भन्नेबित्तिकै विकासका पूर्वाधार भएको ठाउँ बुझिन्छ । तर बाजुरामा नगरपालिका भित्रकै महिला अहिले पनि घरमै सुत्केरी हुन्छन् । भौगोलिक बिकटता, चेतनाको अभाबले धेरै महिलाले घरको गोठमै सन्तान जन्माउने गरेका छन् ।

सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिका १ पिनालेखकी रुपा कार्कीले १ हप्ताअघि घरमै सन्तान जन्माईन् । उनी परम्परागत तरिकाले स्थानीय सुडेनीको सहयोगमा घरमै सुत्केरी भएकी हुन् ।

पिनालेखबाट जुगाडा स्वास्थ्य चौकी पुग्न ३ घण्टा लाग्छ । बोकेर लैजान टाढा भएकाले रुपा घरमै सुत्केरी भएको वडा अध्यक्ष राम बहादुर कार्कीले बताए । पिनालेखमा ३ सय ३० परिवार छन् । स्वास्थ्य चौकी टाढा भएकाले त्यहाँका महिलाहरूले घरमै सन्तान जन्माउने गरेको अध्यक्ष कार्कीको भनाइ छ ।

सोही नगरपालिका ५ कोर्धकी देउमा खड्काले पनि घरमै सन्तान जन्माईन् । उनले मात्र हैन यो एक महिनाको अवधिमा अन्य दुई जना महिला पनि घरमै सुत्केरी भए ।

जुगाडा स्वास्थ्य चौकी निकै टाढा र बाटो अप्ठयारो भएकाले त्यहाँका महिला घरमै सन्तान जन्माउन बाध्य भएको देउमा खड्काले बताईन् । देउमा जस्तै कोर्ध गाउँमा रहेका ३ सय ९५ परिवारका महिला घरमै सन्तान जन्माउन बाध्य रहेको बुढिगंगा स्वास्थ्य चौकीमा कार्यरत अनमी शान्ता भट्टराइले बताइन् ।

बडिमालिका नगरपालिका ६ मना गाउँमा २ सय ४० परिवारको बसोबास छ । मना गाउँमा गएको एक महिनामा ५ जना महिलाले घरमै सन्तान जन्माएको बुढिगंगा स्वास्थ्य चौकीले जानकारी दिएको छ । घरमा सन्तान जन्माउनु मात्र नभएर नियमित गर्भजाँच र उपचारमा समेत कमै महिला मात्रै आउने गरेको स्वास्थ्य चौकीमा कार्यरत इन्चार्ज ललिता रोकायाले बताइन् ।

बाजुराको बुढिगंगा नगरपालिका ९ सेरालवाडाका दुई महिला नवजात शिशुलाई दुध खुवाउदै । यी महिलाले घरमै शिशु ज्नमाएका थिए । तस्विरः प्रकाश सिंह\बाजुरा

आवतजावत गर्न बाटो अप्ठ्यारो र टाढा भएकाले सुत्केरी हुनका लागि महिलाहरूलाई स्वास्थ्य चौकी पुग्न समस्या हुँदा उनीहरू स्वास्थ्य सेवाबाट बिमुख भइरहेको उनले बताईन् ।

बडिमालिका नगरपालिका वडा नम्बर ५ कोर्धका ३ सय ९८ परिवार, वडा नम्बर ६ मनाका २ सय ४० परिवार, वडा नम्बर १ पिनालेखका ३ सय ३० परिवार र वडा नम्बर ३ रजालीका १ सय ८३ परिवारका महिला परम्परागत रुपमा घरमै सुत्केरी हुने गरेको नगरपालिकाले स्वीकार गरेको छ । त्यति मात्र नभई यी परिवार सामान्य स्वास्थ्य सेवाबाट समेत बिमुख छन् । सिटामोल, जीवन जल लिन पनि चार घण्टाको यात्रा गर्नु पर्ने बाध्यता रहेको नगरपालिका १ का वडा अध्यक्ष राम बहादुर कार्कीले बताए ।

बडिमालिका नगरपालिकाका मेयर पदम बढुवालले भौगोलिक बिकटताका कारण यी ठाउँका मानिसहरूले आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको बताए । ती क्षेत्रमा बथिङ्ग सेन्टर स्थापना गर्ने कार्य सुरु भइरहेको उनको भनाइ छ । बैशाख महिनाबाट सेवा दिनका लागि भौतिक पूर्वाधार र जनशक्ति तयार गर्न लागेको बढुवालले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: