नरदेवी प्रदेश ४ को सामाजिक विकास मन्त्री


प्रकाशित मिति :2018-03-27 15:03:15

–महिला खबर–

ललितपुर । प्रदेश नं ४ को सामाजिक विकास मन्त्रीको जिम्मेवारी नरदेवी पुनले पाएकी छन् । मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै सामाजिक विकास मन्त्रीको जिम्मेवारी पुनलाई दिएका हुन् ।

तेस्रो पटक गरिएको मन्त्रिपरिषद् पुर्नःगठन एवम् विस्तारमा एक जना मात्र महिला पुन परेकी हुन् । अन्य मन्त्रालयको जिम्मेवारी भने पुरुषलाई दिइएको छ ।

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा विजयी भएकी एमाले नेता पुन धौलागिरी क्षेत्रमा पर्ने म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतबाट प्रत्यक्षतर्फ निर्वाचन जित्ने एक्लो महिला हुन् ।

दोस्रो संविधानसभामा एमालेका तर्फबाट समानुपातिक सांसद बनेकी ४७ वर्षीया पुन यसअघि पशुपंक्षी विकास राज्यमन्त्री समेत बनि सकेकी छन् । अर्थशास्त्र र समाजशास्त्रमा स्नाकोत्तर गरेकी पुन म्याग्दीको शिक्षित र अगुवा महिला मानिन्छिन् । एमालेका पूर्वजिल्ला उपसचिवसमेत भइसकेकी पुन हाल अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: