२३ प्रतिशत पुरुषमा श्रीमती पिट्ने सोच


एक–चौथाई बढी महिला दाम्पत्य हिंसामा

प्रकाशित मिति :2018-03-27 16:16:06

–महिला खबर–

ललितपुर । दैलेखको चण्डामुण्डा नगरपालिका चिमेका सूर्यबहादुर राउतले श्रीमतीलाई मानसिक र शारीरिक हिंसा गर्न थालेको लामो समय भयो ।

अन्ततः डम्बर बहादुरले रक्सी खाएर आफ्नी श्रीमती डम्बर कुमारीलाई हस्पिटल नै भर्ना हुने गरी कुटपिट गरे । गएको शुक्रबार सूर्य बहादुर रिसको झोकमा कुटपिट गर्दै श्रीमतीलाई आगो फुक्ने पाइपको ढुंग्रोले गुप्ताङ्गमा घोचेर गम्भीर घाइते बनाए । यसअघि पनि सूर्य बहादुरले रक्सी खाएर श्रीमतीलाई कुटपिट गरिरहन्थे ।

व्यापारको सिलसिलामा भैरवी गाउँपालिका–४ जडाजीउलामा बस्दै आएका सूर्य बहादुरले घर आउँदा सधैँ झगडा र कुटपिट गर्दै आएको श्रीमती डम्बर कुमारीले बताइन् ।

३६ वर्षीय डम्बर कुमारीको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनलाई शुक्रबार नै छिमेकीले उद्धार गरेका थिए । ४० बर्षिय सूर्य बहादुरलाई सोही दिन नै प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले बताए । उनीहरूका दुई छोरा र दुई छोरी छन् ।

गएको पुसमा बझाङको मष्टा गाउँपालिका ५ द्धारीका भरत ओखेडाले श्रीमतीलाई कुटपिट गरेकै कारण जेल जानुप¥यो । ५ वर्षदेखी श्रीमतीलाई कुटपिट र मानसिक यातना दिदैँ आएका भरतलाई श्रीमती सुमित्राले उजुरी दिएसगैँ प्रहरीले पक्राउ गर्यो । प्रहरीले उनलाई कारागार चलान ग¥यो ।

मदिरा सेवन गरेर भरतले श्रीमतीलाई घरायसी विवादकै कारण कुटपिट गर्दै बायाँ हात भाँचिदिएका थिए । सुमित्रा बिहानै चैनपुरको महिला अधिकार मञ्चमा न्याय खोज्दै पुगेकी थिइन् ।

अधिकार मञ्चका कर्मचारीहरूले उजुरी लेख्न लगाएर प्रहरीलाई दिएपछि त्यसको भोली पल्ट प्रहरीको टोली रिलुको द्धारीमा पुगेर भरतलाई प्रक्राउ गरेको थियो । सार्वजनिक मुद्दा लागेका भरतलाई जिल्ला प्रशासन कार्यालयले १३ सय धरौटी मागेर रिहा गर्ने निर्णय गरे पनि १३ सय रुपैयाँ धरौटी रकम तिर्न नसक्दा उनी कारागार चलान भएका थिए ।

यसरी पछिल्लो समय श्रीमानबाटै पीडित हुने महिलाको संख्या बढ्दो छ । महानगरीय प्रहरी परिसर काठमाडौं महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीका अनुसार काठमाडौंमा समेत महिलाहरू श्रीमानबाटै पीडित हुने दर बढ्दो छ ।

आर्थिक वर्ष ०७३\७४ मा १ हजार ७ सय ७१ महिलाहरू आफ्नै श्रीमानबाट पीडित थिए । यस्तै ०७२\०७३ मा भने १ हजार ४ सय २९ जना महिला श्रीमानबाट पीडित भएको पाइएको थियो ।

एक–चौथाई भन्दा बढी महिला दाम्पत्य हिंसामा

पहिले वा हाल विवाहित भएका महिलाहरू मध्ये एक–चौथाई भन्दा बढि अर्थात् २६ प्रतिशत महिला आफ्नो श्रीमान्बाटै हिंसा (शारीरिक, यौनजन्य वा भावनात्मक हिंसा) को अनुभव गर्ने गरेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका लागि ‘न्यु एरा’ ले गरेको सर्वेक्षणअनुसार पहिल्यै विवाहित भएका १४ प्रतिशत महिलाहरूले गएको वर्ष आफ्नै श्रीमान्बाट दाम्पत्य हिंसा भएको बताएका थिए । दाम्पत्य हिंसाहरूमध्ये शारिरीक हिंसा नै २३ प्रतिशत हुने गरेको पाइएको छ ।

२३ प्रतिशत पुरुष श्रीमती पिट्नु ठिक ठान्छन्

यस्तै नेपालमा १० मा ३ महिला र २३ प्रतिशत पुरुषहरूले कुनै पनि अवस्था भएमा श्रीमान्ले श्रीमतीलाई पिट्नु ठिक हो भन्ने सोचाई राख्ने गरेको पाइएको छ । सोही अध्ययनमा यस्तो तथ्य पाइएको हो ।

अध्ययनका क्रममा ‘श्रीमतीले खाना डढाएमा’, ‘श्रीमान्सँग तर्क गरेमा’, ‘श्रीमान्लाई नभनिकन बाहिर गएमा’, ‘बच्चालाई वास्ता नगरेमा’ वा ‘श्रीमान्सँग यौन सम्पर्क राख्न नमानेमा’ चौबिस प्रतिशत महिला र १९ प्रतिशत पुरुषहरूले यदि श्रीमतीले बच्चालाई वास्ता नगरेमा श्रीमान्ले श्रीमती पिट्नु ठीक हो भन्ने सोचाईमा सहमति जनाएको पाइएको थियो ।

७ प्रतिशत महिलामा यौनजन्य हिंसाको अनुभव

यस्तै नेपालमा ७ प्रतिशत महिलाहरूले आफ्नो जीवनको कुनै न कुनै समयमा यौनजन्य हिंसाको अनुभब गरेको बताएका छन् । जसमध्ये ३ प्रतिशत महिलाहरूले १ वर्षमा यौनजन्य हिंसाको अनुभव गरेको बताएका छन् ।

यौनजन्य हिंसाको सिकार भएका विवाहित महिलाहरूमध्ये धेरैले (८० प्रतिशत) हालको श्रीमान्बाट नै यौनजन्य हिंसा हुने गरेको बताएका थिए ।

सहयोगको लागि खोजी गर्ने प्रवृति

शाीरिक वा यौन हिंसा भोगेका महिलाहरू मध्ये ५ मा १ ले सो हिंसा रोक्न अरुबाट सहयोग लिनको लागि खोजी गरेका थिए । यद्यपी, दुई– तिहाई महिलाहरूले कसैबाट पनि मद्दतको लागि कहिल्यै खोजी पनि गरेनन् र कसैलाई पनि बताएका थिएनन् । शारीरिक तथा यौन हिंसा भोगेका महिलाहरूलाई प्रायजसो आफ्नै परिवार (६५ प्रतिशत) र छिमेकीहरू (३१ प्रतिशत) बाट नै सहयोग हुने गरेको पाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: