एकल र विपन्न महिलालाई जस्तापाता सहयोग


प्रकाशित मिति :2018-03-27 16:47:45

–महिला खबर–

सिन्धुपाल्चोक । जिल्लामा प्रसारित रेडियो सुनकोशी एफ एम १०५.६ मेघाहर्जले आफ्नो प्रसारणको पाँचौ वार्षिक उत्सव मनाएको छ ।

वार्षिक उत्सवको अवसरमा रेडियोले जिल्लाको विकट त्रिपुरासुन्दरी गाउँपालिका २ की एकल तथा विपन्न महिला कल्पना गुरुङलाई जस्तापाता सहयोग गरेको छ ।

गुरुङलाई उनको आफ्नै निवासमा पुगेर रेडियोका स्टेशन प्रमुख यज्ञ दंगाल र सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले पाँच वण्डल जस्तापाता हस्तान्तरण गरेका हुन् ।

वार्षिक उत्सव कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष खतिवडाले एकल र विपन्न महिलाहरुलाई विभिन्न आरोप लाग्ने गरेको अवस्थामा रेडियोले सामानिजक दायित्व निर्वाह गरेर उदाहरणीय काम गरेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गोपाल तामाङले एकल महिलालाइ हेर्ने दृष्टिकोण परिवर्तन हुनु जरुरी रहेको बताए ।

असहाय र विपन्न माथी नै हरेक खाले हिंसा हुने गरेको उदाहरण दिँदै प्रमुख तामाङले यो सहयोगको उदाहरण जस्तै सहयोग, सम्मान र संरक्षमा लाग्ने आफुहरु प्रेरित भएको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: