–महिला खबर–
दोलखा । जोखिममा परेका दोलखाको बिभिन्न गाँउपालिकाका बालबालिका तथा बालबालिकाको परिवार गरी ६० जनालाई जिविकोपार्जनका लागि नगद सहयोग गरिएको छ ।
इकार्डस दोलखा र युनिसेफको साझेदारीमा जोखिममा रहेका विपन्न परिवार तथा बालबालिकाको पहिचान गरी ६० जनालाई सहयोग प्रदान गरिएको इकार्डस दोलखाका सामाजिक परिचालक संगिता दाहालले जानकारी दिईन् ।
त्यसरी पहिचान गरिएका बालबालिकाहरुलाई प्रति बालबालिका ५ हजार र बालबालिकाको परिवारलाई प्रति परिवार २० हजारका दरले सहयोग गरिएको दाहालले बताइन् ।
इकार्डस दोलखाले दिएको जानकारी अनुसार ४० जना बालबालिकालाई नगद ५ हजारका दरले सहयोग गरिएको छ भने २० परिवारलाई प्रति परिवार २० हजारको दरले सहयोग प्रदान गरिएको छ ।
Comment Here!