एउटा पाकिस्तानी टिलिभिजन च्यानलले पहिलो पटक तेस्रो लिंगीलाई समाचार वाचकमा नियुक्त गरेको छ । मार्भिया मलिक पाकिस्तानकी पहिलो तेस्रो लिंगी कार्यक्रम प्रस्तोता हुन् । उनले पत्रकारितामा स्नातक तह पूरा गरिसकेकी छिन् र मोडलिङ्को काममा पनि अनुभव बटुलेकी छिन् । उक्त नियुक्ति पाउँदा उनी हर्षित भएर आँशु झारेकी थिइन्, मलिकले बीबीसी समाचारलाई भनिन् ।
तीन महिनाको तालिमपछि प्रस्तोताकोरुपमा उनको पहिलो कार्यक्रम निजी क्षेत्रको टेलिभिजन “कोहीनुर” बाट गत हप्ताको शुक्रबार प्रसारण भयो ।
पाकिस्तानमा तेस्रो लिंगीहरुमाथि भेदभाव हुन्छ । उनीहरुले रोजगारी पाउन धेरै संघर्ष गनुपर्छ । कति जना पैसा कमाउनको लागि माग्ने बन्न, नाँच्न र वेश्यावृतिमा लाग्न बाध्य छन् ।
‘मैले मेरोलागि देखेको सपना साकार पार्न पहिलो खुड्किलो चढ्न सफल भएको छु,’ उनले भनिन् । आफ्नो कामले पाकिस्तानको तेस्रो लिंगी समुदायको जीवनमा सुधार ल्याउन सक्ने अपेक्षा उनको छ ।
‘हाम्रो समुदायलाई समानतासँग व्यवहार गरिनु पर्छ । लैंगिक भेदभाव हुनुहुन्न । हामीलाई पनि समान अधिकार दिनुपर्छ । हामीलाई तेस्रो लिंगी नागरिकको रुपमा होइन, सामान्य नागरिकको रुपमा व्यवहार गरिनुपर्छ,’ उनले भनिन् ।
‘मेरो परिवारलाई थाहा छ मैले मोडलिङ्को काम गरें । उनीहरुलाई थाहा छ म समाचार प्रस्तोताको काम गर्छु । यो जवाना सामाजिक सञ्जालको हो । मेरो परिवारले थाहा नपाएको केही पनि छैन । तैपनि उनीहरुले मलाई अझै अपनाएका छैनन् ।’
कोहीनुर टेलिभिजनको मालिक जुनैद अन्सारीले बताए अनुसार मलिक लैंगिकताको आधारमा नभएर क्षमताको हिसाबमा छानिएकी हुन् ।
गत महिना पाकिस्तानको संसदले तेस्रो लिंगीको अधिकारहरु सुरक्षित गर्नृ ल्याइएको विधेकलाई पारित गरेको थियो । यसले उनीहरुलाई लंैगिक पहिचान गर्न पाउने अधिकार पनि दिएको छ ।
समयमा स्वास्थ्य उपचार पाउन नसकेर एक जना २३ वर्षीया तेस्रो लिंगी अधिकारकर्मीको सन् २०१६ को जुन महिनामा मृत्यु भएको थियो ।
अधिकारकर्मी अलिशालाई आठ पटक गोली लागेको थियो । उनलाई चिन्ताजनक स्थितिमा अस्पताल पु¥याइएको थियो । उनका साथीहरुका अनुसार, त्यहाँका कर्मचारीले उनलाई पुरुषको वार्डमा भर्ना गर्ने वा महिलाको वार्डमा भन्ने निर्णय लिन सकेनन् ।
साभारः– बीबीसी
Comment Here!