प्रधानमन्त्रीले विद्यालय भर्ना गर्ने


प्रकाशित मिति :2018-03-28 10:24:11

–महिला खबर–

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मुलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एक जना बालक\बालिकालाई विद्यालय भर्ना गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवटारमा मंगलबार ‘प्रधानमन्त्रीसँग राष्ट्रिय यूवा परिषद’ कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले आगामी बैशाख ५ गतेका दिन विद्यालय जाने उमेरको कुनै बालक\बालिकालाई घरबाट आफैले विद्यालयमा लगेर भर्ना गराउने बताए ।

‘यसपालीको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरको एकजना बालक\बालिकालाई विद्यालयमा लगेर नाम लेखाइ दिन्छु’ प्रधानमन्त्री ओलीले भने, ‘मन्त्री र माननीयहरुले पनि त्यसै गर्नुहुन्छ ।’ निरक्षरतालाई दुई वर्ष भित्र उन्मुलन गर्ने नीति अन्तरगत यसपालीको विद्यालय भर्ना अभियानलाई ब्यापकता दिन लागिएको प्रधानमन्त्री ओलीले बताए ।

‘अब दुई वर्षमा नेपालबाट निरक्षरता उन्मुलन गर्नका लागि यसपाली प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशका मुख्य मन्त्री, मन्त्री, साँसद र स्थानीय तहका सबै जनप्रतिनिधीले एक-एक जना बालक\बालिका लगेर विद्यालयमा भर्ना गराउने छन् ।’

प्रधानमन्त्री ओलीले मधेसका केही मुसहर र डोम जातिको साक्षरता प्रतिशत न्यून रहेकोले त्यही समुदायका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा आफ्नो भएको बताए । ‘मैले निश्चित त गरिसकेको छैन । तर तराइको कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा मलाइ छ’ प्रधानमन्त्री ओलीले भने ।

यो अभियान बीचैमा विद्यालय छोड्ने दर बढाउन नभइ विद्यालयको पढाइ पुरा गराएर शत प्रतिशत साक्षरता भएको देशमा नेपाललाई पु¥याउनका लागि भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यो एउटा उत्प्रेरणा जगाउने अभियान हो’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाललाई अगाडि बढाउन सरकारले अब यस्तै उत्प्रेरक अभियान सबै क्षेत्रमा सुरु गर्छ ।’

प्रधानमन्त्री ओलीले युवाहरुलाई देश निर्माणमा लाग्न आग्रह गरे । भ्रष्टचारलाई निर्मूल पार्न यूवाहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए ।

युवा परिषदलाई गच्छे अनुसार सरकारले सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: