–महिला खबर–
पाँचथर । चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी चौकी नवमीडाँडाका प्रहरी सहायक निरीक्षक (असई) बलबहादुर ठटाल पक्राउ परेका छन् ।
बालिका बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले असई ठटाललाई मंगलवार पक्राउ गरेको हो । बालिकाका आफन्तका अनुसार गत पुसमा असई ठटालले बालिकालाई बलात्कार गरी ५ सय रुपैँया दिएर घट्ना कसैलाई नबताउँन भनेका थिए ।
तर, बालिकाले खाना खाएलगत्तै वान्ता गर्न थालेपछि परिवारले सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको बताएपछि रहस्य सार्वजनिक भएको हो । पीडितका आफन्तले ठटालले पटक–पटक बालिकालाई ललाई फकाई बलात्कार गर्दै आएको बताएका छन् ।
ठटाललाई प्रहरीले मंगलबार नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी निरीक्षक विज्ञान वस्नेतले जानकारी दिए । पीडित बालिकालाई चिकित्सकको निगरानीमा राखिएको छ ।
Comment Here!