हत्या आरोपमा प्रहरी पक्राउ


प्रकाशित मिति :2018-03-28 16:36:42

–महिला खबर–

सुर्खेत । सुर्खेतमा युवती हत्याको आरोपमा प्रहरी जवान नै पक्राउ परेका छन् । सुर्खेतमा कार्यरत प्रहरी जवान हरि कोइराला हत्या आरोपमा पक्राउ परेका हुन् ।

जिल्लाको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा एसईइ परीक्षा दिन डेरा गरेर बसेकी १८ वर्षे छात्रा मंगलबार मृत भेटिएकी थिइन् ।

प्रहरी जवान कोइरालासँगै खाजा खाएर फर्कने क्रममा उनी मोटरसाइकलबाट झरेकी थिइन् । गम्भीर घाइते भएकी उनलाई अस्पताल लैजानुको सट्टा कोइरालाले कोठामा सुताएर भागेको बताइएको छ ।

स्थानीय लक्ष्मीप्रसाद बास्तोलाले प्रहरी जवान कोइरालालाई युवतीसँग चिनजान गराइदिएका थिए । कोइरालाले ‘युवती चाहिएको’ बताएपछि आफूले भेटाइदिएको बाँस्तोलाले प्रहरीसँगको बयानमा भनेका छन् । सोही दिन तीन जना जंगलमा बसेर मदिरा र खाजासमेत खाएको खुलेको छ । घटनामा जोडिएका बास्तोला पनि पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा दुर्घटना जस्तो देखिएको र अनुसन्धानपछि मात्रै थप रहस्य खुल्ने सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले बताए ।

परीक्षा समय हुनै लाग्दा समेत कोठाबाट ननिस्केपछि उठाउन जाँदा रोकाय विभत्स अवस्थामा मृत भेटिएकी थिइन् । १८ वर्षीया रोकाया सूर्यप्रकाश मावि पलैटेमा अध्ययनरत छात्रा हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: