समाचार प्रभावः बीएण्डसी अस्पतालले अनुपाको निशुल्क अपरेशन गरिदिने


प्रकाशित मिति :2018-03-29 10:29:33

–सन्देश सुब्बा–

पाँचथर । डेढ दशकदेखि टाउको र छातीमा बमको छर्रा बोकेर बाँचेकी अनुपा राईको झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले निशुल्क अपरेशन गरिदिने भएको छ ।

पार्टीको लापरबाहीका कारण द्वन्द्वमा घाइते पूर्व लडाकुको सूचिमा समेत नपरेकी अनुपाको हालसम्म पनि उपचार हुन सकेको थिएन । उनीबारे ‘क्षतिपूर्ति चाहिँदैन, टाउको र छातिमा गढेका गोलिका छर्रा निकालिदेउ’ शीर्षकको सामग्री महिला खबरमा प्रकाशित भएपछि बीएण्डसी अस्पतालले निशुल्क उपचार गरिदिने भएको हो ।

पूर्व माओवादी छापामार अनुपा २४ वैशाख २०५९ मा भोजपुरको चैनपुर आक्रमणको क्रममा सेनाको बङ्करमा परी गम्भीर घाइते भएकी थिइन् । त्यतिबेलै उनको टाउको र छातीमा छर्रा गढेको थिए ।

घाइते अवस्थामै आफ्ना साथीहरुसँग समेत छुटेकी अनुपा सात दिन जंगलमै बसी २१ दिन पछि पार्टीको सम्पर्कमा पुगेकी थिइन् । त्यतिबेला सम्ममा उनलाई पार्टीले सहिद घोषणा गरिसकेको थियो ।

ओखलढुंगाको चिसङखुगढी गाउँपालिकाको कुइभीरमा जन्मेकी अनुपा २०५८ सालमा माओवादीमा लागेकी थिइन् । उनले युद्धकालमा चैनपुर सहित पाँच वटा युद्ध लडेकि थिइन् । हाल उनी पाँचथरको हिलिहाङ गाउँपालिका–७, सुभाङको एकचेपामा बस्छिन् ।

युद्धकालमै २०६० सालमा सहयोद्धा मन कुमार राई सँग बिबाह गरेकी अनुपाको २०६२ सालमा छोरा जन्मेपछि माओवादीले शैन्य फाँटबाट बिदा दिएको थियो । २०६३ सालमा उनी श्रीमानको घर पाँचथर आएकी हुन् ।

अस्पताल स्रोतका अनुसार अनुपालाई शुक्रबार चेकजाँचका लागि बोलाइएको छ । चेकजाँच पछि उनको अवस्था हेरेर बाँकी उपचार अघि बढाउने अस्पतालले महिला खबरलाई जानकारी दिएको छ ।

‘क्षतिपूर्ति चाहिँदैन, टाउको र छातीमा गढेका गोलीका छर्रा निकालिदेउ’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: