–महिला खबर–
ललितपुर । महिलाले महिनावारीका बेला गरेका पाप पखाल्न ऋषी पञ्चमीको दिन सरकारले दिदै आएको सार्वजनिक बिदा कटौती भएको छ ।
मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यो बिदा कटौती गरेको हो । हरितारिका तिजको भोलीपल्ट मनाइने ऋषी पञ्चमीको दिन हुने गरेको सार्वजनिक बिदा कटौती भएपछि अधिकारकर्मीहरुले खुसी व्यक्त गरेका छन् । अधिकारकर्मीले सामाजिक सञ्जालमा मन्त्रिपरिषदको यो निर्णयको खुलेर प्रशंसा गरिरहेका छन् ।
ऋषी पञ्चमीसहित हिन्दूहरूको पर्व जनैपूर्णिमा, रामनवमी, श्रीकृष्ण जन्माष्टमीका दिन हुने गरेको सार्वजनिक बिदा पनि कटौती गरिएको छ ।
यस्तै दशैं बिदा तीन दिन थप कटौति गरिएको छ । अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा हुने छैन । दशैं बिदा फूलपातिदेखि एकादशीसम्म पाँच दिनमात्र हुनेछ ।
अब ल्होसार, क्रिसमस, छठ, माघी जस्ता पर्वमा सम्बन्धित समुदाय र भेगमा मात्र बिदा दिइनेछ ।
अब नेपालभर वर्षभरी ५२ शनिबार र अन्य १५ दिन सार्वजनिक बिदासहित राष्ट्रव्यापी रुपमा ६७ दिनमात्र सार्वजनिक बिदा हुनेछ । अन्य पर्वहरूमा २२ दिन आंशिक बिदा हुनेछ ।
मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।
महिला खबरले स्थापनादेखि नै ऋषी पञ्चमीमा हुँदै आएको सरकारी बिदाको विरोध गर्दै आएको थियो । हेर्नुस् यससँग सम्बन्धित समाचारः
Comment Here!