धनगढीमा महिला मञ्च सुरु


प्रकाशित मिति :2018-03-29 18:00:11

–महिला खबर–

कैलाली । सात नम्वर प्रदेशाका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले महिला मैत्री कानुन बनाउन कुनै कसरत बाँकी नराख्ने बताएका छन् ।

बिहीबार धनगढीमा सुरु भएको महिला मञ्च २०७४ को उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।

‘लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, पहिचान, श्रम र शरीरमा महिलाको आफ्नो अधिकार’ भन्ने नाराका साथ सुरु भएको सामाजिक मञ्चमा बोल्दै भट्टले भेन, ‘अब सामाजिक क्रान्तिको आवश्यकता छ । यो अभियानको सुरुवात जनप्रतिनीधिबाट गर्नुपर्छ’ । उनले समाज परिवर्तनका लागि हुने जुनसुकै अभियानमा आफ्नो साथ र समर्थन रहने प्रष्ट पारे ।

प्रदेश नम्बर ७ मा रीतिका नाममा विद्यमान कुरीतिका कारण महिलाहरु हिंसाको सिकार भइरहेको भन्दै मुख्यमन्त्री भट्टले कुरीति विरुद्ध प्रत्येक नागरिकले अभियानमा सहभागि हुनुपर्नेमा जोड दिए ।

महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रिय अध्यक्ष डा. रेणु अधिकारीले ५१ प्रतिशत महिला भएको ठाउँमा पनि महिलाले दोस्रो दर्जाको नागरिकसरह जीवन जीउनु विडम्वना हो भनिन् ।

Image may contain: 5 people, including Nirmala Bagchand

महिलाको श्रम र शरीरलाई सम्मान नगरेसम्म देशको सम्मान नहुने भन्दै अधिकारीले आफ्नो अधिकारका लागि अब महिला पनि चुप लाग्न नहुने बताइन् ।

तीन दिनसम्म चल्ने सामाजिक मञ्चमा सामाजिक, सांस्कृतिक रुपान्तरणसहितको लोकतान्त्रिक गणतन्त्रको अवधारणा, वर्तमान स्थिति, महिलाको स्थान, चुनौति र अबको बाटो विषयमा आधारपत्रहरु प्रस्तुत हुने महिला मानव अधिकार रक्षक सञ्जालकी कैलाली अध्यक्ष निर्मला बागचन्दले जानकारी दिइन् ।

कार्यक्रममा सात नम्बर प्रदेशका महिला सांसदहरु, कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, सात नम्बर प्रदेशका स्थानीय तहका महिला जनप्रतिनीधी र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनीधि लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: