सनाखत गरिदिने कोही नहुँदा नागरिकताविहीन


प्रकाशित मिति :2018-03-30 12:08:27

–प्रकाश सिंह–

बाजुरा । साँफे मार्तडी सडक खण्ड अन्तर्गत बाजुराको बुढिगंगा नगरपालिका ७ सिमलकोटमा सड्क छेउमै एउटा सानो छाप्रो छ । जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्ब परिवार बस्छ । सड्कको छेउमा स्थानीय दिपक सुनारले बनाएको टहरोमा सपना गन्र्धवसहित उनका दुई छोरा बेसहारा जीवन बितारहेका छन् ।

साँफे मार्तडी सडक खण्ड अन्तर्गत बुढिगंगा नगरपालिका ७ सिमकोटमा सड्क छेउमा जस्ता पाताले छाएको सपना गन्र्धवको घर । उनका दुई छोरा ।

सपनाका श्रीमानको मुत्यु भएको तीन वर्ष भयो । उनका श्रीमान धन गन्धर्वले पैसा अभाबमा उपचार नपाएरै ज्यान गुमाएको त्यहि छाप्रोमा हो । अर्काको छाप्रोमा बस्दै आएका सपनाको परिवारसँग जग्गा जमिन मात्र हैन, नागरिकता समेत छैन । नागरिकता नभएकै कारण उनी सामाजिक सुरक्षा भत्ता बाफतको एकल भत्ता पाउनबाट समेत बञ्चित छन् । उनको सनाखत गरिदिने कोही नभएको र माइती सबैको मृत्यु भइसकेकोले उनले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् ।

नागरिकता बनाउनका लागि स्थानीय जान्ने बुझ्नेलाई पटक–पटक आग्रह गरिन् । तर कसैले सनाखत नगरिदिएको र नागरिकता बनाउन के–के चाहिन्छ भन्ने जानकारी नभएका कारण नागरिकताबाट बञ्चित भएको सपनाले बताईन् ।

नागरिकताका लागि माइतीको नागरिकता ल्याएर आउ भन्छन् । कालिकोट माइती भएकी सपनाको माइतीमा सबैको मृत्यु भईसकेकाले नागरिकता दिने मान्छे कोही नभएको उनले बताइन् ।

आर्थिक अभाबमा झोला किन्ने पैसा नभएर हातमा किताब बोकेर बिद्यालय जादै सागर र राजेश ।

सपना सिमलकोटमा बस्न थालेको १५ वर्ष जति भयो । पहिले अरुको गोरु गोठमा आश्रय लिएको उनको परिवारलाई दिपक सुनारले आफ्नो सानो छाप्रो दिएपछि पाँच वर्षदेखि यहि घरमा बस्ने गरेको उनले बताईन् ।

श्रीमानको मृत्यु पछि सपनाको काँधमा दुई छोरा पालन पोषण गर्ने एकल जिम्मेवारी थपियो । श्रीमान हुँदा गित गाएर, माटोका भाँडा बनाएर परिवारको गुजारा चल्थ्यो । श्रीमानको मृत्यु पछि मागेर नै छोरा र आफ्नो गुजारा चलिरहेको सपना बताउँछिन् ।

दिनभरी अरु जातिको घरमा काम गरेर मागेर ल्याएको दाल चामलले हात मुख जोर्छन् उनीहरू। ‘गाउँलेले दया नगरेको दिनमा चुलो बल्दैन । छोराहरूभात रोटी भन्छन् । सम्झाई बुझाई गरेर चुप लगाउँछु ।’ सपनाले खोले पकाउनलाई समेत नुन चामल नहुँदा कैयौं दिन आमा छोरा भोकै बसेको दुखेसो गरिन् ।

सपनाको जेठो छोरा सागर कक्षा ५ र कान्छो छोरा राजेश गाउँकै शारदा माबिमा कक्षा २ मा पढिरहेका छन् । हातमा पैसा नहुँदा कापि, कलम र बिद्यालय लग्ने झोला समेत छोराहरुलाई किन्न सकेकी छैनन् उनले । विद्यालयबाट निशुल्क प्राप्त किताब सागर र राजेश हातमै बोकेर बिद्यालय जाने गरेको स्थानीय मोहन सुनारले बताए ।

बुढिगंगा नगरपालिका ७ का वडा अध्यक्ष भुवन जैशीले सपनाको नागरिकता बनाउन पहल गर्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: