छोरीसँगै सुतेकी श्रीमतीको गोली हानी हत्या


प्रकाशित मिति :2018-03-30 12:24:49

–महिला खबर–

ललितपुर । बाँकेमा गए राति श्रीमानले आफ्नै श्रीमातीको गोली हानी हत्या गरेका छन् ।

डुडुवा गाउँपालिका– ३ बनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती शान्तिदेवी बर्माको गोली हानी हत्या गरेका हुन् ।

सञ्जयकुमारले आफ्नै नाममा रहेको बाह्र बोरको बन्दुकले छोरीसँगै सुतिरहेकी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक रणबहादुर बिष्टले महिला खबरलाई बताए ।

शान्तिदेवीको कोखा र दाहिने हातमा गोली लागेपछि घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले हत्या गर्ने श्रीमानलाई हिजो राती नै पक्राउ गरेको थियो । सञ्जयकुमारले बयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीले लसपस गरेकाले हत्या गरेको बताएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका सञ्जयकुमारमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: