यसरी बस्छ गर्भ


कथा

प्रकाशित मिति :2018-04-01 15:39:44

रोनी काउचामगर स्कुल स्कुलमा प्रजनन् स्वास्थ्यबारे जानकारी गराउँदै हिंड्दी रहिछन् । उनी उमेरले भर्खर १७ वर्ष टेकेकी छन् । उमेर सानै भएर के भो ? उनी नाम चलेकी प्रशिक्षकमा गनिएकी रहिछन् । अस्ति किशोर सम्बन्धी एउटा कार्यक्रममा उनले यो जानकारी गराएकी थिइन् । प्रशिक्षण दिँदाका उनका अनुभव सुन्न चाहन्थे स्वर्णिम सत्याल । किनभने किशोर किशोरीलाई सजग गराउँने कथा लेख्न चाहन्छन् उनी । उनी किशोर किशोरीमा केन्द्रित भएर अनुसन्धान पनि गरिरहेका छन् । अनुभव सुनेर अरुलाई पनि प्रेरणा मिलोस् भन्ने उनको चाहना छ ।

तर कसरी ? अफ्ठेरो थियो सुनाउने वातावरण बनाउँन ।

हुन त धेरैका कुरा सुनिसकेका थिए । यस अघि किताब लेख्दा उनले किशोर किशोरीका समस्या उठाएका छन् । त्यही उठाउने क्रममा नजिकएका थिए । कुरा धेरै थाहा पाउन, धेरै सुन्नु पर्छ । जति सुन्यो, उति आफ्ना कुरा भन्न लालायित हुँदो रहेछ मान्छे । यो स्वर्णिमको अनुभव हो ।

केही कुरा अझै गर्न बाँकी थियो रोनीसँग । रोनीसँग यो पाली किशोरी अवस्थामा हुने शारिरीक परिवर्तनबारे सोध्न मन थियो उनलाई ।

‘दाइलाई भेट्न कहिले आउँछ्यौं ?’ स्वर्णिमले सोधे ।
‘जतिबेला भन्नु हुन्छ, त्यतिबेला,’ रोनीले जवाफ दिइन् ।
‘अहिले कहाँ छौ ?,’ स्वर्णिमले साधे ।
‘पुतली सडक,’ रोनी बोलिन् ।
‘आउ उसो भए । मेरो नि फुर्सद छ । म बानेश्वर छु,’ स्वर्णिमले भने ।
‘तपाईंको किताब त बोक्नु भएको छ नि ?’ रोनीले सोधी ।
‘छ छ,’ स्वर्णिमले भने ।

दामोदर न्यौपाने

एक घन्टामै आइपुगिन् रोनी । स्वर्णिमको बानेश्वरस्थित अफिसमा भित्र बैठक कोठा छ । त्यही कोठामा बोलाए रोनीलाई । शुरुमै किताब हस्तान्तरण गरे । बालबालिकामै केन्द्रित गरेर लेखिएको हो उनको किताब । पाना खर्रर पल्टाइन् । भित्र रजस्वला च्याप्टर थियो । त्यहाँ गएर टक्क अडिइन् । ध्यानपूर्वक पढ्न थालिन् । उनले पढुञ्जेल स्वर्णिम चूप लागेर बसे ।

त्यही च्याप्टर पढेकाले स्वर्णिमलाई अब खुलेर कुरा गर्न सजिलो भयो । ‘अरु छाडेर त्यही रजस्वला पढ्यौ नि ?’ स्वर्णिमले सोधे । ‘यो निकै भेग विषय हो नि दाइ,’ रोनी बोलीन् । ‘कसरी भेग ?’ स्वर्णिमले सोधे । ‘धेरै समस्या छन् नि दाइ यसका । यससँग जोडिएका कुरीतिले यसलाई समस्याग्रस्त बनाइदिएको छ,’ उनी बोलिन्, ‘कतै यसबारे पर्याप्त जानकारी नभएर किशोरीले समस्या व्यहोरेका छन् ।’
‘तिमी पनि समस्यामा प¥यौं,’ मैंले सोधें ।

‘परेंनी दाइ,’ उनले सुनाइन्, ‘म पनि यही समाजमा जन्मेको त हुँ नि ।’

‘तिम्रो अनुभव सुनाउ न त,’ मैंले जान्न खोजे ।

‘९ वर्षमै भयो मलाई,’ उनले सुनाइन, ‘हामी तनहुँमा भाडाको घरमा बस्थ्यौं । मिन्स भएपछि लुक्नु पर्छ भन्नु भयो आमाले । म कोठामा लुकें । दाइ पनि संगै वस्थ्थे । बुबा चाहिं बाहिर बस्नु हुन्थ्यो । दाइलाई देख्नु हुँदैन भनेर आमाले भित्रै थुनिदिनु भयो । २१ दिन भित्रै बसियो । स्कुल जान पनि पाइएन । पढाइ छुट्यो । बस्दा–बस्दा मोटाएको थिएँ । अनुहार पनि सेतो भएको थियो ।’

पुस्तौं देखिको मुल्यमान्यता जोडिएको छ रजस्वलास“ग । रजस्वलालाई महिनावारी, मासिक धर्म, पिरियड, मिन्स, नुछुनी भएको पनि भन्ने गरिन्छ । कतिपय समूदायमा यसले कुरीतिको रुप लिएको छ ।

‘कुरीति अन्त्य गर्न घरबाटै अभियान चलाउनु पर्छ,’ रोनीले सुनाइन्, ‘यहि कुरीति हटाउनु पर्छ भनेर म ठाउँ ठाउँमा अभियान चलाउन गएँ । थुप्रैलाई प्रशिक्षण दिइरहेको छु प्रजनन् स्वास्थ्य बारे ।’

‘कति वर्षको उमेरदेखि दिन थालेको ?’ मैंले सोधें ।

‘म त्यतिबेला १३ वर्षको थिएँ,’ उनले सुनाइन्, ‘स्कुलमा बालक्लबमा पनि सक्रिए थिएँ । महिनावारी भएका साथीलाई सहयोग गर्थें । बाल क्लबमा रहँदा रहँदै नेतृत्व क्षमता बढ्दै गयो । साथीको पक्षमा पनि बोल्न थालेको थिएँ । एक दिन बाल क्लबले कार्यक्रम राखेको थियो । त्यहाँ थुप्रै एनजिओका मान्छे आएका थिए । त्यहाँ मैंले किशोरी अवस्थामा भोग्नु पर्ने समस्याबारे सुनाएँ । मेरो अनुभव चेतना दिने खालको भयो भने त्यहाँ आएका सरहरूले । त्यसपछि मलाई अरु स्कुलमा पनि अनुभव सुनाउन निम्ता दिएर गए । म केही स्कुलमा गएँ । पछि प्रजनन् स्वास्थ्यबारे जानकारी दिन ठाउँ ठाउँ जान थालें ।’

उनको प्रशिक्षण दिने शैली जान्न चाहे स्वर्णिमले । उनलाई चासो छ निकै । धेरैको मनोविज्ञान बुझ्नु छ । धेरै केस स्टडी गर्नु छ ।

‘मलाई पनि तिमीसँगै लान्छ्यौं प्रशिक्षण दिने ठाउँमा ?’ स्वर्णिमले सोधे ।

‘हुन्छ नि दाइ,’ रोनीले सहमति जनाइन् ।

दुई साता पछि काभ्रेको कोशीपारीको कात्तिके देउरालीमा प्रशिक्षण हुँदै रहेछ । स्वर्णिम पनि रोनीसँगै जाने भए ।

काठमाडौंबाट कोशीपारीको बस चढे दुवै । दोलालघाटसम्म मात्रै पिच भएको छ । त्यहाँ उता कच्ची बाटो । बसले कहिले उचाल्छ, कहिले थर्चाछ । झण्डै ८ घन्टामा त्यहाँ पुगे । गाउँको स्कुलमा किशोर किशोरी भेला भएका थिए । सानो औपचारिक कार्यक्रम पनि राखिएको रहेछ । स्कुलका प्रधानाध्यापक छविराम कोइराला, स्कुल व्यवस्थापन समितीका अध्यक्ष तिलक लामा, आमा समूहकी अध्यक्ष सकुन्तला पुडासैनी अतिथीको रुपमा सहभागी भए । स्वर्णिमलाई पनि अतिथीको आसन ग्रहण गराइयो । मन्तव्य दिने क्रममा प्रधानाध्यापकले यस्तो कार्यक्रम आवश्यक भएको प्रतिक्रिया दिए । अरु अतिथीचाहिं बोलेनन् । औपचारिक कार्यक्रम सकियो । कार्यक्रम सकिएपछि प्रशिक्षण शुरु भयो । स्वर्णिमचाहिं त्यहाँबाट कतै गएनन् । त्यही सुनेर बस्ने निधो गरे उनले ।

त्यहाँ ९ देखि १७ वर्षसम्मका किशोर किशोरी जम्मा भएका थिए । स्वर्णिमले सहभागी गने । १५ जना रहेछन् । सबैको उमेर अनुमान लगाए । केटाहरू कोही कलिला अनुहार भएका थिए । कोही जुँगाको रेखी बसेका थिए । केटी पनि कुनै साना थिए । कोहीचाहिं हलक्क बढेका थिए । शरीर पुष्ट देखिन्थे ।

‘हामी आज के बारे छलफल गर्दैछौं थाहा छ ?’ रोनीले सोधिन् । ‘थाहा छ,’ सबैले एकै स्वरमा भने, ‘किशोर अवस्थामा आउने शारीरिक परिवर्तन बारे जान्न चाहन्छौं ।’

किशोर अवस्थामा आउने परिवर्तबारे रोनीले यसरी सुनाइन्ः

रजस्वलाको कुरा गरौं । यो सामान्य प्राकृतिक कुरा भएपनि यस सम्बन्धी अज्ञानता र केही कुरीतिले गर्दा समस्याको रुपमा देखा पर्दै आएको छ । पहिला राम्रा विद्यार्थी यही समयमा कमजोर हुन्छन् । कतिले स्कुलै छाडिदिन्छन् । किशोर अवस्थाबारे धेरैलाई ज्ञान हुँदैन । यो बेला शरीरको विकास हुँदै जान्छ, त्यो पनि अश्वभाविक लाग्छ । आवाज परिवर्तन हुँदै जान्छ । केटाको दाह्री जुंगा उम्रन थाल्छ । किशोरीका स्तन बढ्न थाल्छन् । किशोरको पनि शरीर सिधा र छाती चौडा हुँदै जान्छ । किशोरीको शरीर डोलो हुन थाल्छ । कम्मर पातलो हुन थाल्छ । जनेन्द्रीयमा परिवर्तन आउन थाल्छ । यौनअंग विकास हुन थाल्छ । शरीरका केही भागमा रौं पलाउन शुरु हुन्छ । नाभी मुनी र जाँघ माथिको भाग, काखीमुनी रौं पलाउन थाल्छ । शुरुमा कोमल र साना, मसिना रौं विस्तारै बाक्लो हुँदै जान्छन् । यो वाल्यकाल र जवानी बीचको समय हो ।

किशोर अवस्था १२—१३ वर्षदेखि शुरु भएर १६—१७ वर्षसम्म रहन्छ । केटीहरूमा किशोरी अवस्था चाँडै शुरु हुने मानिन्छ । किशोरी अवस्थामा पुगेपछि थुप्रै समस्या व्यहोर्नु पर्छ । परिवर्तबारे ज्ञान नहुँदा धेरैले लुकाउन खोज्छन् । तर लुकाउन सक्ने कुरै भएन ।

‘यहाँ महिनावारी भइसकेका कति जना हुनुहुन्छ ?,’ रोनिले सोध्दै भनिन्, ‘भएका जति हात उठाउनुस् ।’

१५ जना सहभागी मध्ये ९ जना केटी थिए । ९ जना मध्ये ३ जनाले हात उठाए । ‘आज महिनावारीमा बढी केन्द्रित होऔं,’ सोनीले सोधी, ‘हुन्छ ?’ ‘हामी महिनावारी नै हुँदैनौं, ‘शुशीलले भन्यो, ‘यसबारे हामीलाई किन जानकारी हुनु प¥यो ?’

‘जान्नु पर्छ नि पुरुषले पनि,’ रोनीले जवाफ दिइन्, ‘झन् तपाईंहरूले जान्नु पर्छ । तपार्ईंंहरूले जान्नु भयो भने पो यससँग जोडिएका कुरीति हटाउन सहयोग पुग्छ । महिलाका समस्या पुरुषले पनि जान्नु पर्छ ।’

‘हस,’ शुशीलले सहमति जनाए । शुशील महिनावारीबारे जान्न उत्सुक भए । ‘तपाईंले व्यहोरेका समस्या सुनाइदिनु न‘, शुशीलले रोनीलाई प्रस्ताव राखे । स्वर्णिमले पनि रोनीको अनुभव यसअघि सुनिसकेका थिए । केचाहिं सुनाउँदि रहिछन् भनेर चासो दिएर सुनिरहे उनले पनि ।

‘मलाई आमाले कोठामा थुनिदिनु भएको थियोे,’ रोनीले सुनाइन् ।

‘किन थुनेको भन्नु भो त आमाले ?’ शुशीलले सोधे । ‘जहाँ तही छोइदियो भने देउता रिसाउँछन् रे,’ रोनीले जवाफ दिइन् ।

‘तपाईंले पत्याउनु भयो ?’ शुशीलले फेरि सोधे ।

‘खै के खै के भन्नेचाहिं लागेको थियो,’ रोनीले जवाफ दिइन्, ‘मेरै कोठामा देउताको तस्बिर थियो । आमाले त्यसको ख्यालै गर्नु भएको थिएन । के हुँदो रहेछ भनेर ति देउतालाई छोइदिएँ । केही भएन । अनि यो बेकारको कुरा रहेछ भनेर आफैं कन्भिन्स भएँ ।’

शुशीलको जिज्ञासा शान्त भयो ।

अब केही भन्ने पालो पेमा गोलेको ।

‘मेरो त मिन्स नै भएको छैन । हामी त मिन्स नै बार्दैनौं,’ ११ वर्षीय पेमा गोलेले सुनाइन्, ‘हामी छाउ पनि बस्दैनौं । कोठामा पनि थुनिदैनौं । भान्सामा जान पनि बन्देज छैन । को मिन्स भयो, भएन कसैलाई केही थाहा हु“दैन हाम्रो तामाङ जातीमा । अनि किन बहस गरिराख्नु प¥यो यसबारे ? हामीलाई त आवश्यक छैन ।’

‘त्यसो हैन,’ रोनीले सम्झाइन्, ‘महिनावारी बार्नु मात्रै समस्या होइन नि । यसको चक्रबारे बुझ्नु प¥यो । सरसफाइबारे जानकारी हुनु प¥यो ।’

‘सफा गर्नु पर्छ भनेर आमाले भन्नु भएको छ,’ गोलेले जवाफ दिइन्, ‘सेनेटरी प्याड पनि फेरिराख्नु पर्छ भन्नु भएको छ । हाम्रो समूदायमा यसको बारे प्रशिक्षण दिइराख्न जरुरी छैन ।’

‘सफा मात्रै गरेर हुँदैन,’ रोनी बोलिन्, ‘मिन्सुरेसन हाइजिनको बारेमा पनि थाहा पाउनु पर्छ । तपाईंहरूलाई थाहा छ ?’

‘छैन,’ गोलेले भनिन्, ‘यसबारेमाचाहिं जान्नु पर्ने रहेछ ।’

‘मिन्स हुने समयमा स्वास्थ्यको अति ख्याल राख्नु पर्छ । योनीबाट सेतो पानी बग्न सक्छ । रातो पानीको सट्टा सेतो पानी आउन सक्छ,’ रोनीले सुनाइन्, ‘कमजोरी भयो भने पनि सेतो पानी बग्छ । निरन्तर आइराखे गन्हाउँछ । भिरुङगी लाग्ने जस्ता समस्या हुन सक्छन् । यस्तो देखिएमा जँचाइहाल्नु पर्छ । आम रुपमा हामी केटीहरूको यौन अंगप्रति राम्रो धारणा छैन । धेरैले यसलाई फोहोरी अंग मान्छन् । यसलाई छुन, हेर्न चाहँदैनन् । त्यही भएर यो अंग ठिकसँग सफाइ हुँदैन । यसमा फोहोर जम्न थाल्छ । अनि कुनै न कुनै किसिमको रोग लाग्न सक्छ । यौन अंग फोहोरी अंग हैन । यो हाम्रो हात, खुट्टा, मुख जस्तै एक अंग हो । जसरी अरु अंगको सफाइ गर्न जरुरी छ, त्यसैगरी यो अँग पनि सफाइ गर्न जरुरी छ ।’

मिन्स भएपछि शरीरमा आउने परिवर्तनबारे पनि रोनिले जानकारी गराइन् । रोनीले सुनाइन्, ‘छात्ती बढ्न थाल्छ । किशोर अवस्थामा पुगेपछि छात्तिमा दुइटा ससाना दाना देखा पर्छ । यही दाना बढ्दै गएर स्तन बन्छ । दाना छिटो छिटो बढ्दो रहेछ । मेरो पनि शुरुमा गाँठा जस्तो देखियो । त्यो बढ्दै जाँदा हल्का दुख्यो । दुख्न बढ्न र दुख्न थालेपछि ला अब के गर्ने होला भने जस्तो भएको थियो । पछि ठिक भयो ।’

‘प्याडचाहिं कस्तो लगाउनु पर्छ,’ अर्की सहभागी मनमाया बिकले प्रश्न राखिन् । ‘बजारमा पाइने स्यानेटरी प्याडमा केमिकल हुन सक्छ । त्यही भएर आफैं बनाउन सके राम्रो हुन्छ,’ रोनीले सुनाइन्, ‘सुतीको कपडा लगायो भने व्लड बढी सोस्छ । बजारका भन्दा घरेलु लगाउनु राम्रो हुन्छ । प्याड लगाउँदा पनि होश गर्नु पर्छ । कपडा सुतीको हुनु पर्छ । यस्तो भए रगत बढी सोस्न सक्छ । प्याड भिज्नासाथ बदलिहाल्नु पर्छ । खुकुलो र आरामदायि कपडा लाउनु पर्छ । पेन्टी लगाउनु पर्छ । पेन्टी लगाउँदा प्याड तल सर्दैन । मैंले पनि तालिममा सिकेको र आफ्नो अनुभवको आधारमा भनेको हुँ यो कुरा ।’

यो बेला कस्ता सावधानी अपनाउनु पर्छ भनेर पनि रोनीले जानकारी दिइन् ।

‘के सावधानी अपनाउनु पर्ला ?’, रोनीले सोधिन्, ‘तपाईंहरूलाई थाहा छ ?’

‘अलि अलि थाहा छ,’ मनमाया फेरि बोलिन्, ‘तैपनि तपाईं नै भन्दिनुस् न ।’

‘गहु्रँगो काम गर्नु हुँदैन,’ रोनीले भनिन्, ‘खानेकुरामा पनि ध्यान दिनु पर्छ । पोषिलो खानेकुरा खानु पर्छ । भिटामिन, प्रोटिन पाइने खानेकुरा खानु पर्छ । सकेसम्म बढी झोलिलो कुरा खानु पर्छ । मिन्सुरेसन हाइजिन भनेको यही हो ।’

रजस्वलासँग जोडिएका कुरीति समाज पिच्छे फरक छ । जाती पिच्छे फरक छन् । सुदुरपश्चिममा यसले छाउपडी प्रथाका रुपमा जरा गाडेको छ । भयाबह छ त्यहाँ रजस्वलाको समस्या । रजस्वला हुनासाथ घरदेखि परको गोठमा गएर बस्नु पर्छ ।

छाउ गोठमा बस्दा यौन दुव्र्यवहार समेत भएका घटना सार्वजनिक हुने गरेका छन् । यही प्रथा विरुद्ध अनेकौं लेख लेखिएका छन् । किताब लेखिएका छन् । वृत्तचित्र बनाइएका छन् । यसलाई हटाउनु पर्छ भनेर अभियान चलाइएका छन् । सर्वाेच्च अदालतले समेत यस्तो प्रथालाई कुरीतिको संज्ञा दिएको छ । आवश्यक कानुन र निर्देशिका बनाएर छाउपडी प्रथा अन्त्य गर्न सरकारलाई आदेश दिइसकेको छ एक दशक अघि नै । यही निर्देशनको आधारमा सरकारले तत्कालिन र दीर्घकालीन योजना बनाएर निर्देशिका बनाएको छ ।

‘महिनावारीलाई छुवाछुत मान्नु गैरकानुनी हो,’ रोनीले सुनाइन्,’ ‘हामीले महिनावारीसँग सम्बन्धित् कु प्रथा गैरकानुनी हो भनेर पनि बुझाइदिनु पर्छ ।’

मिन्स हुनु भनेको सन्तान जन्माउन योग्य हुनु हो । सन्तान जन्माउने शक्ति बढ्दै जानु हो । यो बेलामा सरसफाइमा ध्यान दिनु पर्छ । नत्र बाँझोपन समेत आउन सक्छ ।

‘सफाइ कसरी गर्ने ?’ फेरि मनमायाले सोधिन् ।

‘सफाइ होशियारी पूर्वक गर्नु पर्छ,’ रोनिले सल्लाह दिइन्, ‘नुहाउँदा तिघ्राको बीचमा पानी हालेर हातले हल्का मोल्नु पर्छ । योनीभित्र औंला पार्नु हुँदैन । तर छेउछाउको भाग सफा गर्नु पर्छ । यो स्थान कोमल हुन्छ । त्यसैले यहाँ कडा खालको साबुन पनि लाउनु हुँदैन । राम्रो साबुन लगाइहाले पनि छिटै धोइहाल्नु पर्छ । यस क्षेत्रमा आउने रौं पनि काट्नु हुदैन । किनभने ति रौंले भित्र फाहोर जान दिंदैनन् । किटाणु जानबाट जोगाउँछन् ।’

मिन्स भएपछि शरीरमा आउने परिवर्तनबारे पनि रोनिले जानकारी गराइन् । रोनीले सुनाइन्, ‘छात्ती बढ्न थाल्छ । किशोर अवस्थामा पुगेपछि छात्तिमा दुइटा ससाना दाना देखा पर्छ । यही दाना बढ्दै गएर स्तन बन्छ । दाना छिटो छिटो बढ्दो रहेछ । मेरो पनि शुरुमा गाँठा जस्तो देखियो । त्यो बढ्दै जाँदा हल्का दुख्यो । दुख्न बढ्न र दुख्न थालेपछि ला अब के गर्ने होला भने जस्तो भएको थियो । पछि ठिक भयो ।’

यस्तो कौतुलहता झेल्ने रोनी मात्रै होइनन् । त्यहाँ सहभागी हुनेहरूले पनि आफ्नो अनुभव सुनाउन थाले ।
‘मैंले पनि यस्तै अवस्था सामना गर्नु परेको थियो,’ अर्की सहभागी १४ वर्षीय अनिशा गौतमले सुनाइन्, ‘मिन्स शुरु भएपछि शरीरमा तिब्र परिवर्तन आएको महसुस भयो ।’

‘स्तन किन बन्छ थाहा छ ?’ रोनीले सोधिन् ।

‘थाहा छ,’ अनिशाले जवाफ दिइन्, ‘स्तनमा वच्चाको लागि दुध बन्छ । तर सधैं स्तनमा दुध बन्दैन । बच्चा जन्माएपछि मात्रै यसमा दुध आउन थाल्छ । यो कुरा मलाई आमाले भन्नु भएको हो ।’

सामान्यतया दुवै स्तन बराबरी हुँदैनन । प्रायजसो बायाँतिरको सानो हुन्छ । यसो भयो भनेर डराउनु पर्दैन । स्तनमा दुधग्रन्थी, बोसो र तन्तु गरी मुख्य तीन कुरा हुन्छन् । त्यसबाहेक मासु र रगत त हुने भइगयो । बोसोबाटै स्तनको आकार बन्छ । कसैको स्तन गोलो, कसैको तिखो र चेप्टो हुन्छ । ‘यति जानकारी नहुँदा थुप्रै किशोरीलाई के हो के हो भन्ने हुन्छ,’ रोनीले सुनाइन्,‘ त्यही भएर किशोर अवस्थामा आउने परिवर्तनबारे सबैलाई जानकारी दिनु जरुरी छ ।’

थाहा छ,’ सुशिल बोलि हाले, ‘महिला र पुरुषबीच शारीरिक सम्पर्कले गर्भ बस्छ । पुरुषको शुक्रकिट र महिलाको डिम्ब मिलेपछि गर्भ बस्ने हो ।’ ‘हो,’ रोनिले भनिन् ।

किशोर अवस्थामा आएपछि केही हरमोन विकसित हुन्छ । किशोर अवस्थामा पुगेपछि एन्ट्रोजोन, आष्ट्रोजोन र प्रोगेस्ट्रोन गरी तीन किसिमको हर्माेमोन विकसित हुन्छ । यी हर्मानलाई सेक्स हर्माेन पनि भनिन्छ । एन्ड्रोजोन हर्मन किशोरको अण्डग्रन्थीमा बन्छ । आवाज मोटो, भद्दा हुनु र स्वभाव गम्भीर हुने यही हर्माेनले हो । दाह्रीजुँगा आउने, वीर्य बन्ने यही हर्माेनले हो । केटामा पुरुषको गुण विकसित गराउँछ यो हर्माेनले । किशोरीको गर्भाशयमा पनि यो हर्मन थोरै बन्छ । अनुहारमा जुँगा आउने, स्वर धोद्रो हुने जस्ता समस्या केही किशोरीमा पनि आउँछन् । यही हर्माेनमा गढबढीले गर्दा यस्तो हुने हो ।

‘कुन हर्माेनले गर्दा केटीको महिनावारी हुन्छ, थाहा छ ?‘ सोनीले सोधिन् ।

‘थाहा छैन,’ सबैले एकै स्वरमा भने ।

‘आष्ट्रोजन हर्माेनले हो केटीको मासिक धर्म शुरु हुने,‘ रोनीले सुनाइन्, ‘डिम्बाकोष पाक्नेबेलामा यही हर्माेनले गर्भाशायमा परिवर्तन हुन्छ । किशोरीको आवाज परिवर्तन भएर सुरिलो हुन जान्छ । यौनांगमा रौं आउने जस्ता परिवर्तन यही हर्माेनले हुन्छ । डिम्बाशयमा बन्ने यो हर्माेनलाई स्त्री हर्माेन पनि भनिन्छ ।

तेस्रो हर्मनचाहिं प्रोगे्रसेन हर्माेन हो । यो हर्माेन महिनावारी भएको दुई साता पछि बन्छ । पुरुष महिलाबीच शारिरीक सम्बन्ध भएपछि यो हर्माेन बन्ने हो । डिम्बाशयमै बन्ने यो हर्माेनलाई पनि स्त्री हर्माेन नै भनिन्छ । यसलाई मातृत्व हर्माेन पनि भनिन्छ । यो हर्माेनले बच्चा गर्भमा रहँदा पालनपोषण गर्ने, खाना लैजाने जस्ता काम गर्छ । गर्भ बसेन भने यो हर्माेन बन्दैन ।’

‘गर्भ कसरी बस्छ थाहा छ ?’ रोनीले सोधिन् ।

‘थाहा छ,’ शुशील बोलि हाले, ‘महिला र पुरुषबीच शारीरिक सम्पर्कले गर्भ बस्छ । पुरुषको शुक्रकिट र महिलाको डिम्ब मिलेपछि गर्भ बस्ने हो ।’ ‘हो,’ रोनिले भनिन् ।

हर्माेन रगतमा मिसिएको हुन्छ । यिनै हर्माेनले गर्दा शरीरमा परिवर्तन आएको हो । शरीरमा मात्रै होइन, मनमा पनि परिवर्तन ल्याइदिन्छन् हर्माेनले । किशोरी किशोरप्रति र किशोर किशोरीप्रति आकर्षित हुने सेक्स हर्माेनको कारणले हो । यो आकर्षणले एक अर्कामा प्रेम हुन्छ । यस्ता परिवर्तन मान्छेमा मात्रै होइन, पशुपंक्षिमा पनि हुन्छ । शरीरको बाहिरी परिवर्तन प्रजनन् कार्यका लागि तयार छ भन्ने संकेत पनि हो । किशोर अवस्थामा आएपछि प्रजनन् कार्य यौन भावनासँग जोडिएको हुन्छ । प्रजनन् अंगले नयाँ जीवलाई जन्म दिन्छ । कति किशोर किशोरी यही उमेरमा बहकिएर एक अर्कामा नजिक समेत हुने गर्छन् ।

‘यी कुरा हामीले जान्न जरुरी छ,’ रोनीले भनिन्, ‘थुप्रै किशोर किशोरी यो शिक्षा लिन बाट बन्चित छन् । अब हामीले हाम्रा टोल छिमेकमा यि कुरा लैजानु पर्छ ।’

रोनीका कुरामा सबैले सहमति जनाए । किशोर किशोरीको समूह बन्ने भयो । केहीबेर छलफल भयो । समूहको नाम साथी समूह राख्ने निक्यौल निकाले । समूहको संयोजकमा पेमा गोले छानिइन् । बाँकी सबै सदस्य बस्ने भए । समूहले किशोर किशोरीमा आउने शारिरिक परिवर्तनबारे आफ्नो टोलमा चेतना जगाउने सपथ खाए ।

‘कस्तो लाग्यो दाइ मेरो अभियान ?‘ रोनीले सोधिन् । ‘धेरै प्रभावकारी,’ स्वर्णिमले जवाफ दिए, ‘धेरै सिकें मैंले पनि । यस्ता अभियान टोल टोलमा लानु पर्छ अब । यस विषयमा म पनि लेख्छु । लेखेर चेतना जगाउन झनै सक्रिय हुन्छु ।’

(संचारविज्ञ विनय कसजुद्वारा सम्पादित पुस्तक किशोर कथा भाग १ को पुस्तक अंश)

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: