-महिला खबर-
काठमाडौं । नेपालमा १२ महिनाभित्र ४० प्रतिशत महिला र ८० प्रतिशत पुरुषले एचआईभीको परीक्षण गर्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यू एराले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका क्रममा यस्तो तथ्य पाइएको हो ।
सर्वेक्षणका क्रममा एचआईभीको परीक्षण सन् २०११ को तुलनामा थोरै वृद्धि भएको छ । जबकी २०११ मा ५० प्रतिशत महिला र १४ प्रतिशत पुरुषहरूले कुनै न कुनै बेला एचआईभी को परीक्षण गराएको र परीक्षणको नतिजा प्राप्त गरेका थिए ।
विगत २ वर्षमा जीवित बच्चा भएका र हाल गर्भवती भएका १० महिलामध्ये १ जनाले एचआईभीको परीक्षण र परामर्शका साथै गर्भवती जाँचको क्रममा नतिजा प्राप्त गरेको पाइएको थियो ।
यस्तै सर्वेक्षणका क्रममा नेपालमा १० महिलामध्ये ७ र १० पुरुषहरू मध्ये ९ जनालाई एचआईभी हुने जोखिम घटाउन कण्डमको प्रयोग गर्ने तथा एचआईभी संक्रमण नभएको एक जना साथीसँग मात्र यौन सम्पर्क राख्नुपर्छ भन्ने बारे ज्ञान भएको पाईएको छ ।
एचआईभी हुने जोखिमबाट बच्ने बारे ज्ञान तुलनात्मक रुपमा एसएलसी वा सो भन्दा बढि शिक्षा हासिल गरेका तथा सम्पन्न घरपरिवारका महिला तथा पुरुषहरूमा बढि मात्रामा भएको पाईएको छ ।
यस्तै सर्वेक्षणकै क्रममा लगभग आधा ४७ प्रतिशत महिला र ५१ प्रतिशत पुरुषहरूलाई गर्भावस्था र प्रसूतिको समयमा तथा स्तनपानको माध्यमद्वारा आमाबाट बच्चामा एचआईभी सर्न सक्छ भन्ने कुराको ज्ञान भएको पाईएको छ ।
नेपालमा ४४ प्रतिशत महिला र ३६ प्रतिशत पुरुषलाई एचआईभी संक्रमित आमाले विशेष किसिमको औषधी सेवनबाट एचआईभी सर्न सक्ने सम्भावना कम गर्न सकिन्छ भन्ने ज्ञान भएको पाईएको छ ।
एक भन्दा बढि यौन साथी
एक भन्दा बढि यौन साथी हुनु भनेको एचआइभी संक्रमित हुन सक्ने र अन्य यौनजन्य संक्रमण सर्न सक्ने जोखिम बढ्नु हो । १२ महिना भित्र केवल ३ प्रतिशत पुरुषले मात्र दुई वा सो भन्दा बढि यौन साथी भएको जानकारी दिएका थिए ।
विगत १२ महिनामा दुई वा सो भन्दा बढि यौन साथी भएका पुरुष मध्ये ४० प्रतिशत पुरुषले पछिल्लो यौन सम्पर्कको समयमा कण्डमको प्रयोग गरेको कुरा बताएका थिए । नेपालमा पुरुषहरूको आफ्नोे जीवनकालमा औषतमा २ जना भन्दा बढि यौन साथी भएको जानकारी प्राप्त भएको छ ।
Comment Here!