दिसा गर्न गएका दुई बालिका सामूहिक बलात्कारमा


प्रकाशित मिति :2018-04-02 14:23:18

–महिला खबर–

पर्सा । घरमा शौचालय नहुँदा दिसा गर्न उखु बारीमा गएका दुई दलित बालिका सामूहिक बलात्कारमा परेका छन् ।

पर्साको विरगञ्च महानगरपालिकामा १२ र १३ वर्षका दुई बालिकालाई ६ जनाले बलात्कार गरेका हुन् । बलात्कृत बालिका काका जेठाबाकी छोरी हुन् ।

आर्थिक रुपमा निकै विपन्न परिवारका दिदी बहिनी यही चैत्र १५ गते बेलुकी पाँच बजेको समयमा घरबाट १० मिनेट टाढा रहेको उखुबारीमा सँगै दिसा गर्न गएका थिए ।

दिसा गर्न उखु बारीमा पुगेका बालिकालाई मोटरसाइकलमा आएका विरगञ्च महानगरपालिका वडा नम्बर १७ का सिकिन्दर यादवसहित उनका अन्य पाँच जना साथीहरुले बलात्कार गरेको बालिकाले अभिभावकलाई बताएका छन् । सिकिन्दर दुई छोराका बाउ भएको बताइएको छ ।

युवाहरुले सामूहिक बलात्कारपछि बालिकालाई मोटरसाइकलमा राखेर बिहान ती बजेको समयमा घर अगाडि छोडेर गएपछि बालिकाले घटनाबारे अभिभावकलाई बताएको त्यहाँबाट अधिकारकर्मी साबित्री सुवेदीले जानकारी दिइन् ।

घटनास्थल पुगेकी सुवेदीले बलात्कृत दुवै जना बालिकाको योनीबाट पानी बगिरहेको र उनीहरुलाई पिसाव फेर्न समेत समस्या भइरहेको बताइन् ।

मिलापत्रको लागि दवाव

बिपन्न आर्थिक अवस्थाका दलित बालिकाका आफन्तलाई सिकिन्दर यादवका आफन्तले केस मिलापत्र गर्न दवाव दिइरहेको बताइएको छ ।

केस अगाडि बढाए राम्रो नहुने भन्दै केटा पक्षले स्थानीय राजनीतिक दलका नेताहरु मार्फत मिलापत्रका लागि दवाव दिइरहेको बालिकाका आफन्तले महिला खबरलाई बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजन लिम्बुले बालिकाको मेडिकल परीक्षण भइसकेको र आज बेलुकीसम्म मुद्दा दर्ता भइसक्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: