प्रहरीलाई यौन हिंसामा गम्भीर हुन आग्रह


प्रकाशित मिति :2018-04-02 14:34:42

–महिला खबर–

नेपालगन्ज । महिलामाथि हिंसाका घटना बढ्दै गएपछि बाँकेका महिला अगुवाहरुले चिन्ता प्रकट गर्दै दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

आईतबार नेपालगन्ज र कोहलपुरका महिला अगुवाहरुले महिला तथा बालबालिकामाथि भएका हिंसाका घटनामा गम्भीर भएर अनुसन्धान गर्न र दोषीउपर कडा कारवाही गर्न माग गरेका हुन् ।

जिल्ला महिला सञ्जालका अगुवा महिलाहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञानपनपत्र बुझाउँदै प्रहरी, प्रशासनको गम्भीर ध्यानार्कषण गराएको महिला सञ्जालकी अक्षरी पोख्रेलले बताइन् । उनका अनुसार, दोषीलाई उन्मुक्ति हुने गरी कमजोर अनुसन्धान नगर्न माग गरिएको छ ।

यस्तै कोहलपुरमा बाँके बाल संजालले पत्रकार सम्मेलनको आयोजना गरी हिंसाका घटनामा गम्भीर भएर अनुसन्धान गर्न आग्रह गरे ।

बाँँकेमा पछिल्लो समयमा बालबालिकालाई हुने बिभिन्न खालका दुब्र्यबहारहरु न्यूनिकरण गर्नका लागी यहि मंगलबार कोहलपुरमा बृहत बिरोध ¥यालीको आयोजन गर्ने बैजानाथ गाउपालिका बाल संजालका अध्यक्ष खगेन्द्र बुढाले जानकारी दिए ।

बाँकेमा गएको साउनदेखि फागुन महिनासम्म २० जना महिला तथा बालबालिकामाथि यौन हिंसा भएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: