१८ देशका लैंगिक सम्पर्क बिन्दुहरुको सम्मेलन काठमाडौंमा


प्रकाशित मिति :2018-04-02 14:41:41

–महिला खबर–
ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले राज्यको नेतृत्व तहमा महिलाको सहभागिताले महिलामा उत्साहको स्तर उच्च भएको बताएकी छिन् ।

काठमाडौंमा सोमबारदेखि सुरु भएको कोलम्बो प्लानका लैंगिक सम्पर्क बिन्दुहरुको तेस्रो सम्मेलन’ को उद्घाटन गर्दै मन्त्री थापाले भनिन्, ‘राज्यको नेतृत्व तहमा महिलाको उपस्थितिले समग्र महिलामा उत्साको स्तर उच्च बनाएको छ ।’

उनले नेपालमा महिलाको अवस्थामा समयको अन्तरालसँगै शिक्षा, स्वास्थ्य आयआर्जन जीवनस्तर लगायत थुपै सकारात्मक परिवर्तन भएको पनि बताईन् ।

सम्मेलनमा दोश्रो लैंगिक सम्र्पक विन्दुहरुको सम्मेलनका निचोडहरुका समीक्षा हुने जनाइएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा सुरु सम्मेलनमा लैंगिक समानताका लागि सदस्य देशहरुमा भएका असल अभ्यास तथा असल अनुभवका विषयमा छलफल हुनेछ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, मलेसिया, जापान, कोरिया, थाइल्याण्ड र बङ्गलादेश लगायतका १८ देशका ३६ जना सहभागि छन् ।

सम्मेलनले सदस्य राष्ट्रहरुमा भएका महिला तथा बालबालिकाका हक अधिकार बिरुद्धका समस्या र चुनौती पहिचान गरि महिला तथा बालबालिकाका बहुआयमिक विकास र उनीहरुले पाउने अधिकारको सुनिश्चितका लागि योजना बनाउने मन्त्रालयकी सहसचिव राधिका अर्यालले जानकारी दिईन् ।

नेपालका तर्फबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत कोलम्बो प्लानका जेण्डर फोकल पर्सन समेत रहेकी सहसचिव राधिका अर्यालले महिला तथा बालबालिकाका क्षेत्रमा भएका राम्रा काम र अभ्यासहरु प्रस्तुत गर्ने जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: