बलात्कारीलाई मृत्युदण्डको माग


प्रकाशित मिति :2018-04-03 11:18:08

–महिला खबर–

ललितपुर । राजनीतिमा क्रियाशिल महिलाहरुले मानवता विरोधी जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई मृत्युदण्ड दिने कानून बनाउन सरकासँग माग गरेका छन् ।

विभिन्न आठ राजनीतिक दलमा संलग्न महिलाहरुले पत्रकार सम्मेलन गरेर महिला तथा बालबालिका माथि बलात्कार तथा अन्य जघन्य प्रकारका अपराधमा संलग्नलाई मृत्युदण्डको सजाय दिने कानूनी व्यवस्था गर्न माग गरेका हुन् ।

‘हाल देशब्यापी रुपमा महिला तथा बालबालिकाहरु माथि हिंसा र बलात्कारका घटनाहरु दिन प्रति दिन बढ्दै गईरहेका छन’ संयुक्त महिला संघर्ष समिति गठन गरेर उनीहरुले वक्तव्यमा भनेका छन्, ‘मानवअधिकार विरोधी महिला हिंसाका घटना रोक्न कानूनमा प्रयाप्त व्यवस्था गरी अपराधिहरुलाई मृत्यूदण्ड, आजीवन काराबास जस्ता कडा भन्दा कडा सजाय दिनु पर्दछ ।’

कडा कानूनी व्यवस्था भएमा महिला विरुद्ध हुने यस्ता हिंसा कम हुन सक्ने उनीहरुको धारणा छ । वक्तव्यमा अन्तर पार्टी महिला सञ्जाल, अखिल नेपाल महिला संघ, नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), राष्ट्रिय महिला संघ, संघीय समाजवादी महिला फोरम, राष्टिय प्रजातान्त्रिक महिला संघ, अखिल नेपाल प्रगतिशिल महिला संघ लगायतमा संलग्न महिलाहरुले हस्ताक्षर गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: