यौनजन्य अपराध रोक्न गृहमन्त्रीको ध्यानाकर्षण


प्रकाशित मिति :2018-04-03 12:01:39

– महिला खबर–

ललितपुर । मानवअधिकारकर्मी तथा कानून व्यवसायीहरुले महिला र बालबालिका विरुद्ध भएका यौनजन्य हिंसा रोक्न गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘वादल’ लाई सोमबार भेटेरै उनीहरुले ६ बुँदे ध्यानाकर्षण पत्र दिएका हुन् ।

महिला तथा बालिका विरुद्ध बढ्दै गएको बलात्कार लगायतका यौनजन्य अपराधको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कदम चाल्न अनुरोध गरिएको ध्यानाकर्षण पत्रमा प्रहरी संगठनलाई लैंगिक हिंसाका घटनाको शिघ्र अनुसन्धान तथा निगरानी गराउन अनुरोध गरिएको छ ।

त्यसैगरी बलात्कारमा पीडितको लागि न्यायमा अवरोधको रुपमा रहेको ६ महिने हदम्याद खारेजी, फौजदारी मुद्दामा तदारुकताका साथ जाहेरी र दरखास्त दर्ता नगर्ने प्रहरीलाई विभागीय कारबाही गर्नुपर्ने लगायतका माग राखिएको छ ।

नेपालबार एशोसिएन, जुरी नेपाल, सर्वोच्च अदालत बार एशोसियसन महिला समिति, महिला खबर अनलाईन, सबैका लागि न्याय, क्रियाशिल पत्रकार महिला, मानवअधिकार सञ्चार प्रतिष्ठान नेपाल, एमनेष्टि ईन्टरन्यासनल नेपाल लगायतका संस्था तथा मानवअधिकार र कानूनी क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: